नेभिगेशन

भेरी अस्पतालका दुई कर्मचारी निलम्बित

नेपाल हेल्थ न्युज, नेपालगन्ज । नेपालगन्जले फार्मेसी शाखामा कार्यरत दुई कर्मचारीलाई निलम्बन गरेको छ। अस्पताल प्रशासनका अनुसार बीमा कार्यक्रमअन्तर्गतका एक बिरामीलाई औषधि फिर्ता गरी त्यसको रकम नगदमा बुझाएको पाइएपछि कारबाही प्रक्रिया अघि बढाइएको हो।

अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. निराजन सुवेदीले एक कर्मचारीलाई शुक्रबार र अर्को कर्मचारीलाई मंगलबार निलम्बन गरिएको जानकारी दिनुभयो। उहाँका अनुसार हाल दुवैजनामाथि आन्तरिक छानबिन जारी छ भने उनीहरूले दिने स्पष्टीकरणका आधारमा थप कदम चालिनेछ।

अस्पताल प्रशासनले सेवा प्रवाहलाई पारदर्शी बनाउन र फार्मेसी प्रणालीलाई व्यवस्थित गर्न पछिल्लो समय निगरानीलाई तीव्र बनाएको छ। यसै अनुगमनका क्रममा सो विषय उजागर भएको हो।

अस्पताल विकास समितिले कुनै पनि प्रकारको लापरवाही वा बेवास्तालाई सहन नहुने नीति अनुरूप आवश्यक कदम चालिने जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप हेल्थ अपडेट