नेपाल हेल्थ न्युज, नेपालगन्ज । नेपालगन्जले फार्मेसी शाखामा कार्यरत दुई कर्मचारीलाई निलम्बन गरेको छ। अस्पताल प्रशासनका अनुसार बीमा कार्यक्रमअन्तर्गतका एक बिरामीलाई औषधि फिर्ता गरी त्यसको रकम नगदमा बुझाएको पाइएपछि कारबाही प्रक्रिया अघि बढाइएको हो।
अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. निराजन सुवेदीले एक कर्मचारीलाई शुक्रबार र अर्को कर्मचारीलाई मंगलबार निलम्बन गरिएको जानकारी दिनुभयो। उहाँका अनुसार हाल दुवैजनामाथि आन्तरिक छानबिन जारी छ भने उनीहरूले दिने स्पष्टीकरणका आधारमा थप कदम चालिनेछ।
अस्पताल प्रशासनले सेवा प्रवाहलाई पारदर्शी बनाउन र फार्मेसी प्रणालीलाई व्यवस्थित गर्न पछिल्लो समय निगरानीलाई तीव्र बनाएको छ। यसै अनुगमनका क्रममा सो विषय उजागर भएको हो।
अस्पताल विकास समितिले कुनै पनि प्रकारको लापरवाही वा बेवास्तालाई सहन नहुने नीति अनुरूप आवश्यक कदम चालिने जनाएको छ।
स्वास्थ्यकर्मीमाथि हुने आक्रमण रोक्न सुरक्षा समन्वय समिति फेरि सक्रिय गरिने
मंगलबार, साउन १२, २०८३
बेबी पाउडर जोन्सन एन्ड जोन्सनले ट्याल्क मुद्दा मिलाउन ५.५ अर्ब डलर तिर्ने प्रस्ताव
मंगलबार, साउन १२, २०८३
लुम्बिनी प्रादेशिक अस्पतालमा स्वास्थ्यकर्मी माग, कुन पदमा कति ?
मंगलबार, साउन १२, २०८३
नारायणी अस्पतालका चिकित्सकको सामूहिक राजीनामा, आकस्मिक सेवा पनि बन्द
मंगलबार, साउन १२, २०८३
