नेपाल हेल्थ न्युज, काठमाडौं । मीनभवनमा रहेको निजामती कर्मचारी अस्पतालबाट एयर कन्डिसन (एसी) का पार्टपुर्जा चोरी भएको घटना सार्वजनिक भएको छ।
चोरीको प्रयासकै क्रममा दुई जनालाई समातिएको र उनीहरूविरुद्ध चोरीसम्बन्धी मुद्दा दायर गरिएको प्रहरीले जनाएको छ।
पक्राउ पर्नेमा पर्साका २८ वर्षीय मोहमद फरमान अन्सारी (जसलाई फरमान अन्सारी पनि भनिन्छ) र एक नाबालक रहेका छन्।
प्रहरीका अनुसार अन्सारी विगत एक दशकदेखि एसी जडान र मर्मतको काममा संलग्न थिए।
२३ साउनमा अस्पतालको रेडियोलोजी विभागको भित्तामा जडान गरिएको एसीबाट पार्टपुर्जा निकालिएको थियो। पक्राउ परेकाहरूको साथबाट ती पार्टपुर्जा फेला परेको प्रहरीले जनाएको छ।
बरामद सामग्रीको मूल्य करिब ६ हजार ५ सय रुपैयाँ बराबरको रहेको र त्यसअनुसार बिगो कायम गर्दै मुद्दा अघि बढाइएको छ।
प्रकाशित मिति: शुक्रबार, भदौ ६, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
आज विश्व सेप्सिस दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै
आइतबार, भदौ २८, २०८३
जलनका बिरामीलाई कीर्तिपुर अस्पतालमा काठमाडौं महानगरको २ लाखसम्मको निःशुल्क उपचार
आइतबार, भदौ २८, २०८३
नुवाकोटमा नेपाल प्रहरीको अस्थायी अस्पताल सञ्चालनमा
आइतबार, भदौ २८, २०८३
टिचिङ अस्पतालमा तीजका दिन नियमित स्वास्थ्य सेवा बन्द हुने
आइतबार, भदौ २८, २०८३
