नेपाल हेल्थ न्युज, काठमाडौं । मीनभवनमा रहेको निजामती कर्मचारी अस्पतालबाट एयर कन्डिसन (एसी) का पार्टपुर्जा चोरी भएको घटना सार्वजनिक भएको छ।
चोरीको प्रयासकै क्रममा दुई जनालाई समातिएको र उनीहरूविरुद्ध चोरीसम्बन्धी मुद्दा दायर गरिएको प्रहरीले जनाएको छ।
पक्राउ पर्नेमा पर्साका २८ वर्षीय मोहमद फरमान अन्सारी (जसलाई फरमान अन्सारी पनि भनिन्छ) र एक नाबालक रहेका छन्।
प्रहरीका अनुसार अन्सारी विगत एक दशकदेखि एसी जडान र मर्मतको काममा संलग्न थिए।
२३ साउनमा अस्पतालको रेडियोलोजी विभागको भित्तामा जडान गरिएको एसीबाट पार्टपुर्जा निकालिएको थियो। पक्राउ परेकाहरूको साथबाट ती पार्टपुर्जा फेला परेको प्रहरीले जनाएको छ।
बरामद सामग्रीको मूल्य करिब ६ हजार ५ सय रुपैयाँ बराबरको रहेको र त्यसअनुसार बिगो कायम गर्दै मुद्दा अघि बढाइएको छ।
प्रकाशित मिति: शुक्रबार, भदौ ६, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
घरमै बसी-बसी तौल घटाउन खोज्दै हुनुहुन्छ? यी ५ टिप्स अपनाउनुहोस्!
बुधबार, कात्तिक ११, २०८३
बागमती प्रदेशको स्वास्थ्य सचिव डा. गौतमको सरुवा
बुधबार, कात्तिक ११, २०८३
वीर अस्पतालसहित ४ स्वास्थ्य संस्थालाई शल्यक्रिया सिकाउने उपकरण सहयोग
बुधबार, कात्तिक ११, २०८३
स्वास्थ्य क्षेत्रलाई उच्च सतर्कतामा रहन निर्देशन
बुधबार, कात्तिक ११, २०८३
काठमाडौँमा रगत अभाव, रक्तदान गर्न रेडक्रसको आग्रह
बुधबार, कात्तिक ११, २०८३ट्रेन्डिङ
