नेपाल हेल्थ न्युज, काठमाडौं । आयुर्वेद चिकित्सामा स्नातक (बीएएमएस) उत्तीर्ण गरी इन्टर्नसिप पूरा गरेका विद्यार्थीका लागि स्थायी नाम दर्तासम्बन्धी लाइसेन्स परीक्षाको आवेदन फारम खुला गरिएको छ।
नेपाल आयुर्वेद चिकित्सा परिषद्ले एक सार्वजनिक सूचना जारी गर्दै परीक्षा आगामी ३ असोजमा हुने जानकारी गराएको हो। परीक्षा पास गरेका विद्यार्थीलाई परिषद्बाट स्थायी लाइसेन्स प्रदान गरिनेछ, जसपछि उनीहरूलाई चिकित्सकका रूपमा बिरामी परीक्षण गर्ने अधिकार प्राप्त हुनेछ।
लाइसेन्स परीक्षा दिनका लागि आवेदकले बीएएमएस उत्तीर्ण गरेको र कम्तीमा ६ महिनाको इन्टर्नसिप सम्पन्न गरेको हुनुपर्नेछ। परिषद्ले परीक्षाका लागि समय, केन्द्र र अन्य विवरणहरू पछि प्रकाशित गर्ने जनाएको छ।

प्रकाशित मिति: बुधबार, भदौ ११, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
सीटी स्क्यान मेसिन खरिद घोटाला: तत्कालीन उपकुलपतिसहित १९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
बिहीबार, माघ १५, २०८२
गुल्मीमा ५३ प्रतिशत नागरिक स्वास्थ्य बीमामा आबद्ध
बिहीबार, माघ १५, २०८२
मन्त्री शर्माद्वारा जि.पी. कोइराला राष्ट्रिय स्वासप्रश्वास उपचार केन्द्रको अनुगमन
बिहीबार, माघ १५, २०८२
माधव नेपाल अस्पताल भर्ना
बिहीबार, माघ १५, २०८२
डा. अरुण शाही ‘द म्याक्स फाउण्डेसन’को ग्लोबल थिंक ट्यांक सदस्यमा नियुक्त
बिहीबार, माघ १५, २०८२ट्रेन्डिङ
