नेपाल हेल्थ न्युज, काठमाडौं । आयुर्वेद चिकित्सामा स्नातक (बीएएमएस) उत्तीर्ण गरी इन्टर्नसिप पूरा गरेका विद्यार्थीका लागि स्थायी नाम दर्तासम्बन्धी लाइसेन्स परीक्षाको आवेदन फारम खुला गरिएको छ।
नेपाल आयुर्वेद चिकित्सा परिषद्ले एक सार्वजनिक सूचना जारी गर्दै परीक्षा आगामी ३ असोजमा हुने जानकारी गराएको हो। परीक्षा पास गरेका विद्यार्थीलाई परिषद्बाट स्थायी लाइसेन्स प्रदान गरिनेछ, जसपछि उनीहरूलाई चिकित्सकका रूपमा बिरामी परीक्षण गर्ने अधिकार प्राप्त हुनेछ।
लाइसेन्स परीक्षा दिनका लागि आवेदकले बीएएमएस उत्तीर्ण गरेको र कम्तीमा ६ महिनाको इन्टर्नसिप सम्पन्न गरेको हुनुपर्नेछ। परिषद्ले परीक्षाका लागि समय, केन्द्र र अन्य विवरणहरू पछि प्रकाशित गर्ने जनाएको छ।

प्रकाशित मिति: बुधबार, भदौ ११, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
आईसीयूबाट अन्तर्वार्ता लिएको विषयमा प्रेस काउन्सिलको ध्यानाकर्षण
सोमबार, भदौ २९, २०८३
बैतडीमा भिरबाट लडेर स्वास्थ्य स्वयंसेविकाको मृत्यु
सोमबार, भदौ २९, २०८३
दर्ता नभएका जडीबुटीयुक्त सुगन्धित तेलको बिक्री रोक्न सरकारको निर्देशन
सोमबार, भदौ २९, २०८३
आँखा उपचारमा सञ्जाल विस्तार गर्दै भरतपुर आँखा अस्पताल
सोमबार, भदौ २९, २०८३
