नेपाल हेल्थ न्युज, काठमाडौं । बालबालिकाको शारीरिक र मानसिक विकासमा सकारात्मक प्रभाव पार्ने भन्दै नेपाल आयुर्वेद चिकित्सक संघले स्वर्णबिन्दु प्राशन अभ्यासलाई सुरक्षित र वैज्ञानिक आधारमा गरिएको परम्परागत विधि भएको स्पष्ट पारेको छ।
नेपाल पेडियाट्रिक सोसाइटी (नेपास) ले स्वर्णबिन्दु प्राशन अभियान रोक्न आग्रह गरेपछि संघले बुधबार एक विज्ञप्ति जारी गर्दै आफ्नो धारणा सार्वजनिक गरेको हो। संघका अनुसार हालसम्म देशभरका ५० हजारभन्दा बढी शिशुहरूलाई स्वर्णबिन्दु प्राशन दिइएको छ, तर कुनै पनि गम्भीर दुष्प्रभाव देखिएको छैन।
विज्ञप्तिमा संघले स्वर्णबिन्दु प्राशनलाई नेपाली समाजमा पुस्तौंदेखि चलिआएको सुरक्षित परम्परा भएको उल्लेख गर्दै यसले बालबालिकाको रोग प्रतिरोधात्मक क्षमता, मस्तिष्क विकास तथा शारीरिक सुदृढीकरणमा सहयोग पुर्याउने दाबी गरेको छ।
संघकी महासचिव डा. कोपिला अधिकारीद्वारा हस्ताक्षरित विज्ञप्तिमा लेखिएको छ, हामी प्रमाणमा आधारित चिकित्सा अभ्यासमा विश्वास गर्छौं। स्वर्णबिन्दु प्राशनमा भएको विषाक्तता परीक्षणबाट समेत यो विधि सुरक्षित रहेको पुष्टि भइसकेको छ।
साथै, संघले विश्व स्वास्थ्य संगठन ले परम्परागत चिकित्सा प्रणालीलाई औपचारिक स्वास्थ्य प्रणालीमा एकीकृत गर्न दिएको सन्देशको समेत समर्थन गरेको छ।
“हामी स्वर्णबिन्दु प्राशनलाई वैज्ञानिक मापदण्डमा परीक्षण गर्न तयार छौँ,” विज्ञप्तिमा भनिएको छ, “र यसबारे फैलाइएका भ्रमहरूबाट जनतालाई सचेत बनाउने अभियानमा पनि सक्रिय छौँ।”
संघले स्वर्णबिन्दु प्राशनलाई केवल धार्मिक वा सांस्कृतिक अभ्यासका रूपमा मात्र नभई, प्रमाणित आयुर्वेदिक विधिका रूपमा विकास गर्न आवश्यक रहेको बताउँदै सम्बन्धित सबै निकायसँग सहकार्य गर्न तयार रहेको संकेत दिएको छ।
देशभर रेबिजविरुद्धको खोप वितरण सुरु
बुधबार, साउन २०, २०८३
विश्वविद्यालय अनुदान आयोगको सदस्यसचिवमा प्रा.डा. रोजी श्रेष्ठ नियुक्त
बुधबार, साउन २०, २०८३
इन्टर्न चिकित्सक दिल्ली हरिजनको जीवनरक्षा गर्न चिकित्सक संघको माग
बुधबार, साउन २०, २०८३
७२ जिल्लामा दुई हजारभन्दा बढीमा डेङ्गु सङ्क्रमण पुष्टि, दुईको मृत्यु
बुधबार, साउन २०, २०८३
