नेपाल हेल्थ न्युज, काठमाडौं । देशका विभिन्न भागमा जापानिज इन्सेफलाइटिस को संक्रमण फैलिन थालेको छ। बालस्वास्थ्य तथा खोप शाखा, परिवार कल्याण महाशाखा अन्तर्गतको स्वास्थ्य सेवा विभागका अनुसार हालसम्म १०३ जनामा यो रोग पुष्टि भइसकेको छ भने २० जनाको ज्यान गइसकेको छ।
शाखा प्रमुख डा. अभियान गौतमले खोप नलगाएका व्यक्तिमा यो रोग बढी देखिएको जानकारी दिनुभये। मृत्यु भएका मध्ये अधिकांश (७० प्रतिशतभन्दा धेरै) १५ वर्षभन्दा माथिको उमेर समूहमा पर्ने बताइएको छ।
जापानिज इन्सेफलाइटिसका कारण मृत्यु झापा, मोरङ, तेह्रथुम, बारा, सिन्धुली, अर्घाखाँची, प्यूठान, दाङ, बर्दिया, कैलाली, रौतहट, नवलपरासी पूर्व–पश्चिम र चितवन जिल्लामा भएको स्वास्थ्यकर्मीहरूले बताएका छन्।
विशेषज्ञहरूका अनुसार यो रोग मुख्यतः क्युलेक्स जातका लामखुट्टेको टोकाइबाट सर्छ। संक्रमणले मस्तिष्कमा असर पुर्याउने भएकाले गम्भीर अवस्थामा बिरामीको ज्यान जान सक्ने खतरा रहन्छ।
स्वास्थ्य निकायहरूले जोखिम भएका क्षेत्रहरूमा खोप अभियानलाई तीव्र बनाउने तयारी गरिरहेका छन्।
चितवनका सरकारी अस्पतालमा बिरामीकाे भार
शुक्रबार, जेठ २९, २०८३
नेपाल आँखा अस्पतालको सेवा आइतबार पनि
शुक्रबार, जेठ २९, २०८३
स्वास्थ्य मन्त्रालयद्वारा क्यान्सरको औषधी सहज उपलब्ध गराउने
शुक्रबार, जेठ २९, २०८३
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बिग्रिएका हेमोडायलासिस मेसिन सञ्चालनमा
शुक्रबार, जेठ २९, २०८३

