नेपाल हेल्थ न्युज, गाजा । दक्षिण गाजामा सोमबार भएको इजरायलको घातक आक्रमणमा नास्सर अस्पताल कम्तीमा चार पटक प्रहार भएको बीबीसी भेरिफाईले नयाँ भिडियो विश्लेषणमार्फत पुष्टि गरेको छ।
अन्तर्राष्ट्रिय तहमा व्यापक विरोध भएको यस आक्रमणमा २० जनाभन्दा बढीको ज्यान गएको जनाइएको छ, जसमा पाँच जना पत्रकार समेत छन्।
प्रारम्भिक विवरणहरूमा अस्पतालमा दुई पटक मात्र आक्रमण भएको दाबी गरिएको थियो, तर हालै सार्वजनिक भएको भिडियो फुटेजले त्योभन्दा दोब्बर संख्यामा प्रहार भएको देखाएको हो।
विश्लेषण अनुसार पहिलो चरणमा दुई फरक भर्याङमा एकैपटक आक्रमण भएको थियो। त्यसपछि अलग-अलग समयमा थप दुई विस्फोट भएको थियो।
स्थानीय समयअनुसार बिहान १०ः०८ बजे, पूर्वी भागमा भएको पहिलो विस्फोटमा रोयटर्सका पत्रकार हुस्साम अल–मास्रीको ज्यान गएको पुष्टि भएको छ। नयाँ फुटेजले उत्तरतर्फको अर्को भर्याङ पनि प्रहारमा परेको देखाउँछ।
आपतकालीन उद्धारमा संलग्न स्रोतहरूले अस्पतालको शल्यक्रिया विभाग पनि क्षतिग्रस्त भएको जानकारी दिएका छन्।
घरमै बसी-बसी तौल घटाउन खोज्दै हुनुहुन्छ? यी ५ टिप्स अपनाउनुहोस्!
बुधबार, कात्तिक ११, २०८३
बागमती प्रदेशको स्वास्थ्य सचिव डा. गौतमको सरुवा
बुधबार, कात्तिक ११, २०८३
वीर अस्पतालसहित ४ स्वास्थ्य संस्थालाई शल्यक्रिया सिकाउने उपकरण सहयोग
बुधबार, कात्तिक ११, २०८३
स्वास्थ्य क्षेत्रलाई उच्च सतर्कतामा रहन निर्देशन
बुधबार, कात्तिक ११, २०८३
