नेपाल हेल्थ न्युज, गाजा । दक्षिण गाजामा सोमबार भएको इजरायलको घातक आक्रमणमा नास्सर अस्पताल कम्तीमा चार पटक प्रहार भएको बीबीसी भेरिफाईले नयाँ भिडियो विश्लेषणमार्फत पुष्टि गरेको छ।
अन्तर्राष्ट्रिय तहमा व्यापक विरोध भएको यस आक्रमणमा २० जनाभन्दा बढीको ज्यान गएको जनाइएको छ, जसमा पाँच जना पत्रकार समेत छन्।
प्रारम्भिक विवरणहरूमा अस्पतालमा दुई पटक मात्र आक्रमण भएको दाबी गरिएको थियो, तर हालै सार्वजनिक भएको भिडियो फुटेजले त्योभन्दा दोब्बर संख्यामा प्रहार भएको देखाएको हो।
विश्लेषण अनुसार पहिलो चरणमा दुई फरक भर्याङमा एकैपटक आक्रमण भएको थियो। त्यसपछि अलग-अलग समयमा थप दुई विस्फोट भएको थियो।
स्थानीय समयअनुसार बिहान १०ः०८ बजे, पूर्वी भागमा भएको पहिलो विस्फोटमा रोयटर्सका पत्रकार हुस्साम अल–मास्रीको ज्यान गएको पुष्टि भएको छ। नयाँ फुटेजले उत्तरतर्फको अर्को भर्याङ पनि प्रहारमा परेको देखाउँछ।
आपतकालीन उद्धारमा संलग्न स्रोतहरूले अस्पतालको शल्यक्रिया विभाग पनि क्षतिग्रस्त भएको जानकारी दिएका छन्।
जलनका बिरामीलाई कीर्तिपुर अस्पतालमा काठमाडौं महानगरको २ लाखसम्मको निःशुल्क उपचार
आइतबार, भदौ २८, २०८३
नुवाकोटमा नेपाल प्रहरीको अस्थायी अस्पताल सञ्चालनमा
आइतबार, भदौ २८, २०८३
टिचिङ अस्पतालमा तीजका दिन नियमित स्वास्थ्य सेवा बन्द हुने
आइतबार, भदौ २८, २०८३
अस्पतालबाहिर सुत्केरी गराइएको घटनामा छ कर्मचारीमाथि कारबाही
आइतबार, भदौ २८, २०८३
