नेपाल हेल्थ न्युज, काठमाडौं । संयुक्त एम्बुलेन्स चालक सङ्घ नेपालले स्वास्थ्य ऐन, २०७५ संशोधन गर्नुपर्ने, स्वास्थ्य क्षेत्रले मात्र एम्बुलेन्स सञ्चालन गर्न पाउने व्यवस्था खारेज गर्नुपर्ने, हाल क, ख र ग वर्गमा रहेका एम्बुलेन्सलाई सहजै नवीकरण गर्न दिनुपर्नेलगायत माग गरेको छ।
त्यसैगरी, एम्बुलेन्स चालकलाई स्वास्थ्य तालिमको व्यवस्था गर्नुपर्ने, सबै अस्पतालमा एम्बुलेन्स पार्किङको व्यवस्था हुनुपर्ने, सरकारले चालकलाई स्वास्थ्य सामग्री, एम्बुलेन्समा आवश्यक औषधि, चालकलाई सुरक्षा पोशाक व्यवस्था गर्नुपर्ने सङ्घको माग छ। देशभर छ हजार एम्बुलेन्स छन्। तीमध्ये ८० प्रतिशत ऐनका कारण नवीकरण हुन नसकेको सङ्घको भनाइ छ।
यसैबीच आफ्ना माग पूरा गर्न आग्रह गर्दै सङ्घले प्रमुख दलहरूलाई ध्यानाकर्षणपत्र बुझाएको छ। सङ्घका अध्यक्ष नवराज लामिछानेको नेतृत्वको टोलीले दलका प्रमुख एवं जिम्मेवार नेता र राष्ट्रियसभा अध्यक्षलाई ध्यानाकर्षण गराएको हो।
टोलीले राष्ट्रियसभाका अध्यक्ष नारायण दाहाल, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल, नेपाली कांग्रेसका नेता डा शेखर कोइराला र उपसभापति धनराज गुरुङ, नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेल, राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता मनिष झालाई ध्यानाकर्षणपत्र बुझाएको हो।
त्यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन र प्रवक्ता ज्ञानेन्द्रबहादुर शाहीलाई भेट गरी आफ्नो माग पूरा गराउन आवश्यक सहजीकरण गरिदिन आग्रह गरिएको अध्यक्ष लामिछानेले बताउनुभयो।
सङ्घले यसअघि स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेललाई ज्ञापनपत्र बुझाएको थियो। यससँगै देशका अधिकांश जिल्ला प्रशासन कार्यालयमार्फत स्वास्थ्यमन्त्रीलाई ज्ञापनपत्र पठाएको थियो।
नर्सिङ र एचए पढाउने गण्डकी प्रदेश सरकारको तयारी
मंगलबार, वैशाख १५, २०८३
स्वास्थ्य कर्मचारीका लागि रोजगारीको अवसर
मंगलबार, वैशाख १५, २०८३
स्वास्थ्यमन्त्रीको निर्देशनपछि दुरुपयोग भएका सरकारी गाडी मन्त्रालयमा फिर्ता
मंगलबार, वैशाख १५, २०८३
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको जग्गा अतिक्रमणमा, पुनर्वास बिना नहट्ने स्थानीयको अडान
मंगलबार, वैशाख १५, २०८३

