नेपाल हेल्थ न्युज, रामेछाप । यहाँका ज्योति गुमेका एक सयभन्दा बढीलाई निःशुल्क आँखा शिविरमार्फत ज्योति फर्काइएपछि उनीहरू अत्यन्तै खुसी भएका छन् । मन्थलीस्थित तामाकोशी सहकारी अस्पातालमा शुक्रबार र शनिबार दुई दिन सम्पन्न निःशुल्क आँखा शिविरमा एक सय १३ जनाको मोतियाविन्दुको शल्यक्रिया मार्फत् यहाँका आँखाका रोगी गुमेको ज्योति फर्काएको थियो ।
गाउँमै निःशुल्क शिविर सञ्चालन भएपछि समय र पैसाको खर्च गरेर धेरै टाढासम्म जानुपर्ने बाध्यता हटेको, अफ्नो गुमेको ज्योति फर्किएको भन्दै रामेछाप नगरपलिका–८ का केदारनाथ घिमिरेले खुसी व्यक्त गर्नुभयो ।
घिमिरेमात्र होइन, अर्की सेवाग्राही सोनमाया घिसिङ पनि आफ्नो गुमेको ज्योति फिर्ता हुने र दुवै आँखा राम्रोसँग देखिने भएपछि असाध्यै खुसी हुँदै उहाँले भन्नुभयो, “जिल्ला सदरमुकाममा आएको आँखा शिविरमा आफूले आँखाको शल्यक्रिया गर्न पाएँ, लामो समयदेखि धमिलो हुने आँखा नदेख्ने समस्या यस शिविरले समाधान गरिदिएपछि आफूहरूलाई निकै सहज भएको छ ।”
त्यसैगरी रामेछाप नगरपालिका ओख्रेनीका पूर्ण तामाङ र खाँडादेवी गाउँपालिकास्थित पिङ्खुरीकी मैया तामाङ पनि यो शिविरले आफूहरूलाई निकै सजिलो बनाएको बताउनुहुन्छ ।
जिल्ला सामुदायिक आँखा केन्द्र मन्थली, खाँडादेवी गाउँपालिका माकादुम र सामुदायिक विकास समाज मन्थलीको आयोजना तथा सहकार्यमा वरिष्ठ नेत्ररोग विशेषज्ञ सुष्मा दुवालका नेतृत्वमा रहेको ११ जनाको टोलीले शनिबार शिविर सम्पन्न गरेको केन्द्रका प्रमुख उमेश तामाङले राससलाई बताउनुभयो ।
शिविरमा एक सय ११ जनाको मोतियाविन्दु र तीन जनाको ‘माइनर अप्रेशन’ सहित एक सय १३ जनाको आँखाको शल्यक्रिया गरिएको जिल्ला सामुदायिक आँखा केन्द्र मन्थलीका आँखा स्वस्थ्य कार्यकर्ता पुष्कल घिमिरेले बताउनुभयो । सरकारी अस्पतालमा स्वास्थ्य सेवा निःशुल्क भनिए पनि गुणस्तरीय उपचार र औषधि वितरण व्यवहारमा लागू भएको पाइन्न ।
निजी तथा गैरसरकारी अस्पतालहरूले जिल्ला सदरमुकाममा वार्षिक रूपमा यस्ता शिविर सञ्चालन गर्दै आइरहेको भए पनि सरकारी निकायले यस्ता रोगप्रति खासै चासो दिएका छैनन् । जिल्ला अस्पताल, विभिन्न पालिका अस्पतालमा पनि योसहित अन्य विशेषज्ञ निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुनसके अझै यहाँका बिरामी काठमाणडौं वा विभिन्न सहरका अस्पतालहरूमा धाइरहनुपर्ने थिएन ।रासस
नेपालमै पहिलो पटक न्यून चिरफार विधिबाट मुटुका तीनवटै भल्भको सफल शल्यक्रिया
बुधबार, साउन १३, २०८३
मेयरका छोरा डा. यादवले एकै पटक गरे साउनभरिको हाजिर
बुधबार, साउन १३, २०८३
स्वास्थ्यकर्मीमाथि हुने आक्रमण रोक्न सुरक्षा समन्वय समिति फेरि सक्रिय गरिने
मंगलबार, साउन १२, २०८३
बेबी पाउडर जोन्सन एन्ड जोन्सनले ट्याल्क मुद्दा मिलाउन ५.५ अर्ब डलर तिर्ने प्रस्ताव
मंगलबार, साउन १२, २०८३
