नेपाल हेल्थ न्युज, काठमाडौं । राप्ती स्वास्थ्यविज्ञान प्रतिष्ठान र शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रबीच मुटुरोग उपचारमा सहकार्य हुने भएको छ। प्रतिष्ठानका रजिष्ट्रार प्रा. डा. श्याम लम्साल र केन्द्रका निर्देशक डा. रवि मल्लबीच भएको सम्झौतामा दुवै संस्थाले पारस्परिक सहयोगमा काम गर्ने प्रतिबद्धता जनाएका छन्।
सम्झौताअनुसार राप्ती प्रतिष्ठानले शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रलाई ‘रिफरल सेन्टर’ को रूपमा मान्यता दिनेछ। यसमार्फत राप्तीमा उपचार सम्भव नभएका मुटु सम्बन्धी जटिल केसहरू गङ्गालाल केन्द्रमा सिफारिस गरिनेछ।
त्यसैगरी, राप्ती प्रतिष्ठानमा अध्ययनरत विद्यार्थी तथा प्रशिक्षार्थीहरूले शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रमा अधिकतम ६ महिनासम्म प्रयोगात्मक अभ्यास गर्ने अवसर पाउने छन्। यस अवधिमा लाग्ने सम्पूर्ण शुल्क प्रतिष्ठानले नै व्यहोर्नेछ।
रजिष्ट्रार प्रा. डा. लम्सालका अनुसार, यस सहकार्यबाट दुवै संस्थाबीचको शैक्षिक तथा चिकित्सकीय सम्बन्ध अझ प्रगाढ हुने र क्षेत्रीयस्तरमै गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहमा टेवा पुग्ने विश्वास लिइएको छ। यो सहकार्यले मुटुरोग उपचार तथा चिकित्सा शिक्षामा गुणस्तर वृद्धि गर्ने अपेक्षा गरिएको छ।
घरमै बसी-बसी तौल घटाउन खोज्दै हुनुहुन्छ? यी ५ टिप्स अपनाउनुहोस्!
बुधबार, कात्तिक ११, २०८३
बागमती प्रदेशको स्वास्थ्य सचिव डा. गौतमको सरुवा
बुधबार, कात्तिक ११, २०८३
वीर अस्पतालसहित ४ स्वास्थ्य संस्थालाई शल्यक्रिया सिकाउने उपकरण सहयोग
बुधबार, कात्तिक ११, २०८३
स्वास्थ्य क्षेत्रलाई उच्च सतर्कतामा रहन निर्देशन
बुधबार, कात्तिक ११, २०८३
