नेपाल हेल्थ न्युज, जनकपुर । जनकपुरधामस्थित प्रादेशिक अस्पतालका अनुसार पछिल्लो समय तराई–मधेसका जिल्लाहरूमा सर्पदंशका घटनाहरू तीव्र रूपमा बढेका छन्। अस्पतालमा दैनिक पाँचदेखि छ जना सर्पदंशका बिरामी उपचारका लागि आउने गरेका छन्।
२०८० चैतदेखि हालसम्म १ सय १५ जना सर्पदंशका बिरामी अस्पताल पुगेका छन् । तीमध्ये ६० जनामा विषालु सर्पको टोकाइ पुष्टि भएको छ । अस्पतालका आपतकालीन सेवा प्रमुख उज्ज्वल झाका अनुसार, समयमै उपचार पाउने भएकाले मृत्युदरमा केही कमी आएको छ।
यद्यपि हालसम्म सात जनाको मृत्यु भइसकेको छ। स्वास्थ्यकर्मीहरूले वर्षा र गर्मीको मौसममा विशेष सतर्कता अपनाउन र सर्पले टोकेमा तुरुन्तै नजिकको स्वास्थ्य संस्थामा जान सुझाव दिएका छन्।
प्रकाशित मिति: बुधबार, भदौ १८, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
जलनका बिरामीलाई कीर्तिपुर अस्पतालमा काठमाडौं महानगरको २ लाखसम्मको निःशुल्क उपचार
आइतबार, भदौ २८, २०८३
नुवाकोटमा नेपाल प्रहरीको अस्थायी अस्पताल सञ्चालनमा
आइतबार, भदौ २८, २०८३
टिचिङ अस्पतालमा तीजका दिन नियमित स्वास्थ्य सेवा बन्द हुने
आइतबार, भदौ २८, २०८३
अस्पतालबाहिर सुत्केरी गराइएको घटनामा छ कर्मचारीमाथि कारबाही
आइतबार, भदौ २८, २०८३
