नेपाल हेल्थ न्युज, जनकपुर । जनकपुरधामस्थित प्रादेशिक अस्पतालका अनुसार पछिल्लो समय तराई–मधेसका जिल्लाहरूमा सर्पदंशका घटनाहरू तीव्र रूपमा बढेका छन्। अस्पतालमा दैनिक पाँचदेखि छ जना सर्पदंशका बिरामी उपचारका लागि आउने गरेका छन्।
२०८० चैतदेखि हालसम्म १ सय १५ जना सर्पदंशका बिरामी अस्पताल पुगेका छन् । तीमध्ये ६० जनामा विषालु सर्पको टोकाइ पुष्टि भएको छ । अस्पतालका आपतकालीन सेवा प्रमुख उज्ज्वल झाका अनुसार, समयमै उपचार पाउने भएकाले मृत्युदरमा केही कमी आएको छ।
यद्यपि हालसम्म सात जनाको मृत्यु भइसकेको छ। स्वास्थ्यकर्मीहरूले वर्षा र गर्मीको मौसममा विशेष सतर्कता अपनाउन र सर्पले टोकेमा तुरुन्तै नजिकको स्वास्थ्य संस्थामा जान सुझाव दिएका छन्।
प्रकाशित मिति: बुधबार, भदौ १८, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
घरमै बसी-बसी तौल घटाउन खोज्दै हुनुहुन्छ? यी ५ टिप्स अपनाउनुहोस्!
बुधबार, कात्तिक ११, २०८३
बागमती प्रदेशको स्वास्थ्य सचिव डा. गौतमको सरुवा
बुधबार, कात्तिक ११, २०८३
वीर अस्पतालसहित ४ स्वास्थ्य संस्थालाई शल्यक्रिया सिकाउने उपकरण सहयोग
बुधबार, कात्तिक ११, २०८३
स्वास्थ्य क्षेत्रलाई उच्च सतर्कतामा रहन निर्देशन
बुधबार, कात्तिक ११, २०८३
काठमाडौँमा रगत अभाव, रक्तदान गर्न रेडक्रसको आग्रह
बुधबार, कात्तिक ११, २०८३ट्रेन्डिङ
