नेपाल हेल्थ न्युज, धनगढी । कैलालीको लम्कीचुहा नगरपालिका–१ मा सर्पको टोकाइले एक १३ वर्षीय बालकको निधन भएको छ। स्थानीय बाल कल्याण माध्यमिक विद्यालयमा कक्षा ४ मा अध्ययनरत सुवास विकलाई भदौ १३ गते राति सुतिरहेको बेला करेत जातको सर्पले टोकेको थियो।
परिवारका अनुसार सुवासलाई सुतिरहेको बेलामा सर्पले दाहिने हातको औँलामा टोकेको थियो। तुरुन्तै उनलाई टीकापुर अस्पताल लगिएको थियो, जहाँ एन्टिस्नेक भेनम दिइए पनि भेन्टिलेटरको सुविधा नहुँदा उपचारमा कठिनाइ आयो। अस्पतालले उनलाई नेपालगन्ज रिफर गरेको थियो।
कोहलपुर मेडिकल कलेज, भेरी अस्पताल, र अन्य निजी अस्पतालहरूमा पनि भेन्टिलेटर उपलब्ध नभएपछि अन्ततः एक न्युरो अस्पतालमा भर्ना गरिएको थियो। तर, उपचारकै क्रममा भोलिपल्ट दिउँसो ३ बजेतिर भेरी अस्पतालमा सुवासको ज्यान गएको हो।
सुवास आफ्ना आमाबुबाका एक्ला सन्तान थिए। उनको निधनले परिवार शोकमा डुबेको छ। सुवासका बुवाले भने, “नजिकै सर्पदंश उपचार केन्द्र भएको भए, छोरालाई बचाउन सकिन्थ्यो।”
स्थानीयले पनि लम्कीचुहामा सर्पदंश उपचार सुविधा नहुनु दुःखद भएको बताएका छन्। छिमेकी पालिका बर्दगोरियामा यस्ता उपचार सुविधा सुरु भइसकेको भए पनि लम्कीमा नहुँदा यस्तो घटना भएको उनीहरूको भनाइ छ।
लम्कीमै उपचार हुने व्यवस्था भएको भए, १०–१५ मिनेटमै उपचार सम्भव हुन्थ्यो र बालकको ज्यान बच्थ्यो, स्थानीयले दुःख व्यक्त गरे। सुवासको असामयिक निधनले स्थानीय समाजमा समेत गहिरो पीडा र आक्रोश उत्पन्न भएको छ। यस घटनाले ग्रामीण भेगमा आधारभूत स्वास्थ्य सेवा अझ प्रभावकारी बनाउनुपर्ने आवश्यकतालाई पुनः उजागर गरेको छ।
स्वास्थ्यकर्मीमाथि हुने आक्रमण रोक्न सुरक्षा समन्वय समिति फेरि सक्रिय गरिने
मंगलबार, साउन १२, २०८३
बेबी पाउडर जोन्सन एन्ड जोन्सनले ट्याल्क मुद्दा मिलाउन ५.५ अर्ब डलर तिर्ने प्रस्ताव
मंगलबार, साउन १२, २०८३
लुम्बिनी प्रादेशिक अस्पतालमा स्वास्थ्यकर्मी माग, कुन पदमा कति ?
मंगलबार, साउन १२, २०८३
नारायणी अस्पतालका चिकित्सकको सामूहिक राजीनामा, आकस्मिक सेवा पनि बन्द
मंगलबार, साउन १२, २०८३
