नेपाल हेल्थ न्युज, भक्तपुर । सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुरले एकै व्यक्तिमा तेस्रोपटक मिर्गौला प्रत्यारोपण गरी महत्वपूर्ण सफलता हात पारेको छ। केन्द्रका कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठका अनुसार, नेपालमै पहिलोपटक यस्तो जटिल र जोखिमपूर्ण प्रक्रिया सफलतापूर्वक सम्पन्न गरिएको हो।
यसपटकको प्रत्यारोपण सुदूरपश्चिम प्रदेशका पूर्वमन्त्री तथा सांसद लक्ष्मणकिशोर चौधरीमा गरिएको हो। चौधरीको पहिलो मिर्गौला प्रत्यारोपण भारतको लखनऊमा गरिएको थियो भने विसं २०७२ मा दोस्रो र हाल तेस्रो प्रत्यारोपण सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा डा.पुकारचन्द्र श्रेष्ठकै नेतृत्वमा गरिएको हो ।
डा. श्रेष्ठले बताएअनुसार, तेस्रोपटक मिर्गौला प्रत्यारोपण गर्नु प्राविधिक रूपमा निकै कठिन हुन्छ। इम्युनोलोजिकल जटिलता, संक्रमणको जोखिम, औषधीय प्रतिक्रिया, र उपयुक्त दाताको अभावले गर्दा यस्तो प्रक्रिया विश्वभर नै कम मात्रामा गरिन्छ। तर, नेपालमा यस्ता चुनौती पार गर्दै सफल प्रत्यारोपण गर्नु चिकित्सा क्षेत्रमा एक ऐतिहासिक उपलब्धि हो।
चौधरीको पछिल्लो मिर्गौला प्रत्यारोपण ‘पेयर एक्सचेन्ज’ प्रणाली अन्तर्गत गरिएको थियो, जसमा नातेदार नभएका व्यक्तिहरूबीच अंग साटासाट गरेर प्रत्यारोपण सम्भव बनाइएको हो।
नेपालमा एकै व्यक्तिमा दोस्रोपटक मिर्गौला प्रत्यारोपण वीर अस्पतलमा डा. श्रेष्ठकै नेतृत्वमा सन् २०१० मै सुरु भएको र तेस्रो प्रत्यारोपण भने अत्यन्तै दुर्लभ उपलब्धि भएको केन्द्रले जनाएको छ । प्रत्यारोपण केन्द्रले स्थापनाको १३ वर्षमा एक हजार ५०२ जनाको सफल मिर्गौला प्रत्यारोपण तथा ३५ जनामा कलेजो प्रत्यारोपण सम्पन्न गरिसकेको जनाएको छ ।
जलनका बिरामीलाई कीर्तिपुर अस्पतालमा काठमाडौं महानगरको २ लाखसम्मको निःशुल्क उपचार
आइतबार, भदौ २८, २०८३
नुवाकोटमा नेपाल प्रहरीको अस्थायी अस्पताल सञ्चालनमा
आइतबार, भदौ २८, २०८३
टिचिङ अस्पतालमा तीजका दिन नियमित स्वास्थ्य सेवा बन्द हुने
आइतबार, भदौ २८, २०८३
अस्पतालबाहिर सुत्केरी गराइएको घटनामा छ कर्मचारीमाथि कारबाही
आइतबार, भदौ २८, २०८३
