नेपाल हेल्थ न्युज, काठमाडौं । निजी अस्पतालहरूको छाता संस्था ‘एशोसिएशन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन अफ नेपाल’ (अफिन) ले आफ्नो २७औं स्थापना दिवस विशेष कार्यक्रमसहित सम्पन्न गरेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलको प्रमुख आतिथ्य र प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्मर बहादुर थापाको विशेष उपस्थितिमा सम्पन्न उक्त कार्यक्रममा निजी क्षेत्रको योगदानप्रति धन्यवाद प्रकट गरिएको छ।
कार्यक्रममा मन्तव्य राख्दै मन्त्री पौडेल र सभापति थापाले देशको स्वास्थ्य सेवा प्रणाली र जनशक्ति उत्पादनमा निजी अस्पतालहरूले खेलेको भूमिकाको प्रशंसा गर्नुभयो।
उनीहरूले सेवा गुणस्तरमा सम्झौता नगर्न आग्रह गर्दै स्वास्थ्य नीतिमा देखिएका जटिलता समाधानका लागि सरकार संवादमा तयार रहेको स्पष्ट पार्नुभयो।
अफिनका अध्यक्ष डा. पदम बहादुर खड्काको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष डा. भोला रिजाल, केन्द्र तथा प्रदेश समितिका पदाधिकारीहरू, र विभिन्न स्वास्थ्य क्षेत्रका प्रतिनिधिहरूको उपस्थिति थियो।
कार्यक्रममा नर्सिङ परिषद्की अध्यक्ष प्रा. सरला केसी, स्वास्थ्य व्यवसायी परिषद्का अध्यक्ष सुबोध शर्मा, नेपाल चिकित्सक सङ्घका वरिष्ठ उपाध्यक्ष डा. बद्री रिजाल, र प्राइभेट मेडिकल एण्ड डेन्टल कलेज अफ नेपालका अध्यक्ष डा. ज्ञानेन्द्रमान सिंह कार्की लगायतले शुभकामना मन्तव्य दिएका थिए।
यस अवसरमा अफिनका वरिष्ठ उपाध्यक्ष हरि प्रसाद रिजाल, उपाध्यक्ष प्रा. श्याम कृष्ण जोशी, डा. शङ्कर अधिकारी, र महासचिव हेमराज दाहालले निजी अस्पतालहरूले भोगिरहेका वर्तमान समस्या, चुनौती र सम्भावनाहरूका विषयमा धारणा प्रस्तुत गरेका थिए।
जलनका बिरामीलाई कीर्तिपुर अस्पतालमा काठमाडौं महानगरको २ लाखसम्मको निःशुल्क उपचार
आइतबार, भदौ २८, २०८३
नुवाकोटमा नेपाल प्रहरीको अस्थायी अस्पताल सञ्चालनमा
आइतबार, भदौ २८, २०८३
टिचिङ अस्पतालमा तीजका दिन नियमित स्वास्थ्य सेवा बन्द हुने
आइतबार, भदौ २८, २०८३
अस्पतालबाहिर सुत्केरी गराइएको घटनामा छ कर्मचारीमाथि कारबाही
आइतबार, भदौ २८, २०८३
