नेपाल हेल्थ न्युज, काठमाडौं । राजधानीमा जारी (जेनजी आन्दोलनका) क्रममा प्रहरीले चलाएको गोलीका कारण स्थिति तनावपूर्ण बनेको छ। भिडन्तमा परी ठूलो संख्यामा प्रदर्शनकारी घाइते भएका छन्।
सिभिल अस्पतालमा उपचारका लागि आएका घाइतेहरूको चाप अत्यधिक बढेपछि इमर्जेन्सी वार्ड मात्रै नभई ओपीडी (बाहिरा बिरामी हेर्ने सेवा) मा समेत राखेर उपचार गरिएको छ। अस्पताल स्रोतका अनुसार एकजना प्रदर्शनकारीको ज्यान गएको छ भने डेढ सयभन्दा बढी घाइतेलाई उपचार दिइँदैछ।
अस्पतालका चिकित्सक डा. सुवास बन्जाडेले घाइतेको संख्या धेरै भएकाले अस्पतालको क्षमता नाघेको जानकारी दिएका छन्। हामीले जति सकिन्छ उपचार गरिरहेका छौं, तर अहिलेको चाप निकै ठूलो छ। एम्बुलेन्समार्फत अन्य अस्पतालतिर पनि रिफर गर्नुपरेको छ, उनले बताए।
सिभिल अस्पतालका मेडिकल डाइरेक्टर डा. दीपक पौडेलले एक जनाको मृत्यु भएको पुष्टि गरेका छन्। उनले अवस्था नियन्त्रणभन्दा बाहिर जान नदिन सबै पक्षलाई संयमता अपनाउन आग्रह गरेका छन्।
अहिलेका लागि एम्बुलेन्सको संख्या पर्याप्त नपुगेकाले सार्वजनिक रूपमा सहयोगको अपिलसमेत गरिएको छ।
चिकित्सकको आन्दोलनपछि पर्सामा एसपी हेरफेर, भट्टराई पुगे प्रमुखको जिम्मेवारीमा
बुधबार, साउन १३, २०८३
चिकित्सा शिक्षा आयोगको ६ अर्ब ५५ करोड २५ लाख बराबरको बजेट स्वीकृत
बुधबार, साउन १३, २०८३
पार्टीमा आवद्ध व्यक्तिलाई नेपाल रेडक्रस सोसाइटीमा निषेध
बुधबार, साउन १३, २०८३
लामो समयपछि स्वास्थ्यकर्मी सुरक्षा समन्वय समितिको बैठक सम्पन्न
बुधबार, साउन १३, २०८३
