नेपाल हेल्थ न्युज, काठमाडौँ । जेनजी आन्दोलनका क्रममा देशभर भएका हिंसात्मक प्रदर्शनमा परी अहिलेसम्म ३० जनाको मृत्यु भएको छ भने एक हजारभन्दा बढी घाइते भएका छन्।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार, मुलुकभरिका २९ वटा अस्पतालमा १,०६१ जना घाइतेको उपचार गरिएको छ।
मन्त्रालयका सचिव डा. विकास देवकोटाले विभिन्न अस्पतालहरूसँगको सम्पर्कपछि प्राप्त विवरणलाई आधार मानेर मृतक र घाइतेको संख्या सार्वजनिक गरिएको जानकारी दिनुभयो।
यी अस्पतालहरूमा भएको मृत्यु
मृतकहरूमध्ये निजामती कर्मचारी अस्पतालमा ६ जना, राष्ट्रिय ट्रमा सेन्टरमा ८ जना, एभरेष्ट अस्पतालमा ३ जना, काठमाडौँ मेडिकल कलेज सिनामङ्गलमा २ जना, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा १ जना, फ्रन्टलाइन अस्पतालमा ३ जना, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा २ जना, र भेरी अस्पतालमा ५ जनाको निधन भएको मन्त्रालयले जनाएको छ।
उपचारको अवस्था
हालसम्म २७४ जना घाइतेको विभिन्न अस्पतालहरूमा भर्ना भई उपचार भइरहेको छ। तीमध्ये सबैभन्दा धेरै घाइते निजामती कर्मचारी अस्पताल ४८, राष्ट्रिय ट्रमा सेन्टर ५८, त्रिवि शिक्षण अस्पताल २५, काठमाडौँ मेडिकल कलेज २४, वीरेन्द्र सैनिक अस्पताल २६ र वीर अस्पतालमा २० रहेका छन्।
यसैबीच ५६ जनालाई एक अस्पतालबाट अर्को अस्पतालमा रिफर गरिएको छ भने ७१९ जना उपचारपछि घर फर्किसकेका छन्।
सबैभन्दा धेरै घाइतेको उपचार
उपचारको संख्याका हिसाबले सबैभन्दा बढी ४३६ जनाको उपचार निजामती कर्मचारी अस्पतालमा, १६१ जना ट्रमा सेन्टरमा र १०९ जना एभरेष्ट अस्पतालमा गरिएको मन्त्रालयले जनाएको छ।
स्वास्थ्य मन्त्रालयले जेनजी आन्दोलनका क्रममा घाइते भएकाहरूको उपचारका लागि सबै अस्पतालहरूलाई आवश्यक निर्देशन दिइसकेको र उपचारमा कुनै पनि कसर बाँकी नराख्न अनुरोध समेत गरेको छ।
जुम्लामा रगत अभावको समस्या हुँदैछ समाधान
शुक्रबार, मंसिर १९, २०८२
मानसिक स्वास्थ्य सुधारमा योग–ध्यानको आवश्यकता : मन्त्री गौतम
शुक्रबार, मंसिर १९, २०८२
विश्वभर आज स्वयंसेवक दिवस मनाइँदै
शुक्रबार, मंसिर १९, २०८२
कोभिड खोपले १० बालबालिकाको मृत्युसँग सम्बन्ध राख्न सक्ने प्रारम्भिक निष्कर्ष
शुक्रबार, मंसिर १९, २०८२
