नेपाल हेल्थ न्युज, काठमाडौं । देशव्यापी बनेको ‘जेनजी आन्दोलन’ले रक्तपातको गहिरो दाग छोडेको छ । नेपाल प्रहरीले शुक्रबारसम्म ५१ जनाको मृत्यु भएको औपचारिक पुष्टि गरेको छ । प्रहरी सहप्रवक्ता एसएसपी रमेश थापाका अनुसार मृतकमध्ये ३ जना प्रहरी स्वयं सेवाकर्ता, १ जना भारतीय नागरिक र बाँकी सबै नेपाली नागरिक रहेका छन् ।
यस आन्दोलनमा सर्वसाधारणदेखि सुरक्षाकर्मी सम्मले ज्यान गुमाउनु परेको तथ्यले परिस्थितिको गम्भीरता देखाउँछ ।
आन्दोलनमा मृत्यु हुनेमध्ये ३६ जनाको शव त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा राखिएको थियो । ती शवको पोष्टमार्टम शुक्रबारबाट सुरु भएको र आफन्तहरूले शव बुझेर अन्त्येष्टी गर्न थालेको अस्पताल स्रोतले जनाएको छ ।
तर त्रिवि शिक्षण अस्पताल मात्र होइन, काठमाडौं उपत्यकाभित्रका अन्य अस्पतालमा समेत आन्दोलनकै क्रममा ज्यान गुमाएका व्यक्तिहरूका शव रहेको अनुमान छ । उपचारकै क्रममा प्राण गुमाउनेहरू र विभिन्न जिल्लाबाट काठमाडौं रिफर गरिएका बिरामीमध्ये पनि केहीको मृत्यु भएको विवरण संकलन भइरहेका छन् ।
जुम्लामा रगत अभावको समस्या हुँदैछ समाधान
शुक्रबार, मंसिर १९, २०८२
मानसिक स्वास्थ्य सुधारमा योग–ध्यानको आवश्यकता : मन्त्री गौतम
शुक्रबार, मंसिर १९, २०८२
विश्वभर आज स्वयंसेवक दिवस मनाइँदै
शुक्रबार, मंसिर १९, २०८२
कोभिड खोपले १० बालबालिकाको मृत्युसँग सम्बन्ध राख्न सक्ने प्रारम्भिक निष्कर्ष
शुक्रबार, मंसिर १९, २०८२
