नेपाल हेल्थ न्युज, काठमाडौं । देशव्यापी बनेको ‘जेनजी आन्दोलन’ले रक्तपातको गहिरो दाग छोडेको छ । नेपाल प्रहरीले शुक्रबारसम्म ५१ जनाको मृत्यु भएको औपचारिक पुष्टि गरेको छ । प्रहरी सहप्रवक्ता एसएसपी रमेश थापाका अनुसार मृतकमध्ये ३ जना प्रहरी स्वयं सेवाकर्ता, १ जना भारतीय नागरिक र बाँकी सबै नेपाली नागरिक रहेका छन् ।
यस आन्दोलनमा सर्वसाधारणदेखि सुरक्षाकर्मी सम्मले ज्यान गुमाउनु परेको तथ्यले परिस्थितिको गम्भीरता देखाउँछ ।
आन्दोलनमा मृत्यु हुनेमध्ये ३६ जनाको शव त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा राखिएको थियो । ती शवको पोष्टमार्टम शुक्रबारबाट सुरु भएको र आफन्तहरूले शव बुझेर अन्त्येष्टी गर्न थालेको अस्पताल स्रोतले जनाएको छ ।
तर त्रिवि शिक्षण अस्पताल मात्र होइन, काठमाडौं उपत्यकाभित्रका अन्य अस्पतालमा समेत आन्दोलनकै क्रममा ज्यान गुमाएका व्यक्तिहरूका शव रहेको अनुमान छ । उपचारकै क्रममा प्राण गुमाउनेहरू र विभिन्न जिल्लाबाट काठमाडौं रिफर गरिएका बिरामीमध्ये पनि केहीको मृत्यु भएको विवरण संकलन भइरहेका छन् ।
चिकित्सकको आन्दोलनपछि पर्सामा एसपी हेरफेर, भट्टराई पुगे प्रमुखको जिम्मेवारीमा
बुधबार, साउन १३, २०८३
चिकित्सा शिक्षा आयोगको ६ अर्ब ५५ करोड २५ लाख बराबरको बजेट स्वीकृत
बुधबार, साउन १३, २०८३
पार्टीमा आवद्ध व्यक्तिलाई नेपाल रेडक्रस सोसाइटीमा निषेध
बुधबार, साउन १३, २०८३
लामो समयपछि स्वास्थ्यकर्मी सुरक्षा समन्वय समितिको बैठक सम्पन्न
बुधबार, साउन १३, २०८३
