नेपाल हेल्थ न्युज, काठमाडौं । अन्तरिम प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको मन्त्रिपरिषद्का सदस्यहरुले आज बिहान साढे ११ बजे शपथ ग्रहण गर्ने कार्यक्रम तय गरिएको छ। राष्ट्रपति कार्यालयका अनुसार शपथ ग्रहण समारोह शीतल निवासको प्राङ्गणमा विशेष टेन्टमुनि आयोजना हुनेछ।
शुक्रबार प्रधानमन्त्री नियुक्त भएकी कार्कीले आइतबार मन्त्रिपरिषदमा तीन सदस्य थप गर्नुभएको थियो। स्रोतका अनुसार अर्थ मन्त्रालयको जिम्मेवारी पूर्वसचिव रामेश्वर खनाललाई दिइएको छ भने गृहमन्त्रीमा पूर्वआईजीपी ओमप्रकाश अर्याल र ऊर्जा मन्त्रीको भूमिकामा कुलमान घिसिङलाई नियुक्त गरिएको छ।
अर्यालले गृहमन्त्रालयसँगै कानुन मन्त्रालयको कार्यभार पनि सम्हाल्ने तयारी छ भने घिसिङलाई ऊर्जा मन्त्रालयबाहेक भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्रालयको जिम्मा पनि दिइने योजना रहेको जनाइएको छ।
यद्यपि, केही युवा समूहले मन्त्री छनोटमा असन्तुष्टि व्यक्त गरेका छन्। सुदन गुरुङ नेतृत्वको समूहले आइतबार राति बालुवाटारमा विरोध प्रदर्शन गर्दै प्रधानमन्त्री कार्कीको आलोचना गरेका थिए।
कानुन विपरीत सञ्चालन भएका अस्पतालमा काम नगर्न चिकित्सकलाई निर्देशन
आइतबार, असार ७, २०८३
टिचिङमा असार १५ देखि स्वास्थ्य बिमा पुन सुचारु हुने
आइतबार, असार ७, २०८३
प्रा. डा. चन्दा कार्कीका दुई कृतिमार्फत समाजसेवाको नयाँ अभियान
आइतबार, असार ७, २०८३
अब क्यान्सरको औषधि सहज उपलब्ध हुने
आइतबार, असार ७, २०८३
