नपाल हेल्थ न्युज, काठमाडौ । जेनजी नेतृत्वमा भएको आन्दोलनको प्रभावस्वरूप मुलुकभरका विभिन्न प्रदेश र स्थानीय तहका १५ वटा स्वास्थ्य संस्था पूर्णरूपमा ध्वस्त भएका छन् भने ३७ वटा संस्थामा आंशिक क्षति पुगेको छ। संघीय सरकारको संरचना बाहिर रहेका यी स्वास्थ्य केन्द्रहरूमा सर्वाधिक असर मधेश प्रदेशमा देखिएको छ।
स्वास्थ्य सेवा विभागले संकलन गरेको प्रारम्भिक विवरण अनुसार, सबैभन्दा धेरै क्षति मधेश प्रदेशका ९ वटा स्वास्थ्य संस्थामा भएको छ। त्यसपछि बागमती प्रदेशमा ८ वटा संस्थामा क्षति पुगेको जनाइएको छ। तर, कर्णाली र गण्डकी प्रदेशमा भने कुनै पनि स्वास्थ्य संस्था प्रभावित नभएको विभागले जनाएको छ।
खोप शाखाका प्रमुख डा. अभियान गौतमका अनुसार, आन्दोलनका क्रममा क्षति भएका १३ वटा संस्था खोप सेवा तथा कोल्डचेन प्रणालीसँग सम्बन्धित थिए। यसले खोप भण्डारण तथा वितरण प्रणालीमा गम्भीर असर पर्ने सम्भावना रहेको उहाँले जनाउनुभयो।
नेपालगञ्ज उपमहानगरपालिकाको स्वास्थ्य शाखामा समेत आगलागीका कारण ठूलो क्षति भएको छ। त्यहाँको औषधि भण्डारण केन्द्र र अन्य स्वास्थ्य कार्यालय पूर्ण रूपमा जलेर नष्ट भएको स्वास्थ्य शाखा प्रमुख रामबहादुर चन्दले जानकारी दिनुभयो।
यो आन्दोलनको क्रममा धेरैजसो क्षति प्रदेशस्तरीय स्वास्थ्य मन्त्रालयदेखि लिएर स्थानीय तहका पालिका कार्यालयहरूमा केन्द्रित भएको बताइएको छ। यसले स्थानीय स्वास्थ्य सेवा सञ्चालनमा गम्भीर अवरोध सिर्जना गरेको देखिन्छ।
विश्वविद्यालय अनुदान आयोगको सदस्यसचिवमा प्रा.डा. रोजी श्रेष्ठ नियुक्त
बुधबार, साउन २०, २०८३
इन्टर्न चिकित्सक दिल्ली हरिजनको जीवनरक्षा गर्न चिकित्सक संघको माग
बुधबार, साउन २०, २०८३
७२ जिल्लामा दुई हजारभन्दा बढीमा डेङ्गु सङ्क्रमण पुष्टि, दुईको मृत्यु
बुधबार, साउन २०, २०८३
कान्ति बाल अस्पतालको निर्देशकमा डा. रामहरी चापागाईं नियुक्त
बुधबार, साउन २०, २०८३
