नेपाल हेल्थ न्युज, काठमाडौं । कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचाररत नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का वरिष्ठ नेता झलनाथ खनालकी पत्नी रविलक्ष्मी चित्रकारको सोमबार शल्यक्रिया गर्ने तयारी गरिएको छ।
अस्पतालकी मेडिकल डाइरेक्टर डा. निजिना ताम्राकारका अनुसार चित्रकारको अवस्था पहिलाको तुलनामा केही सुधार देखिए पनि अवस्था अझै गम्भीर नै रहेको छ। शारीरिक अवस्था स्थिर भए पनि खतरामुक्त भन्न सकिने स्थिति छैन, डा. ताम्राकारले जानकारी दिनुभयो, “हिजोको दिनभरको परीक्षणपछि आज शल्यक्रिया गर्ने योजना बनाइएको हो।”
हाल चित्रकारलाई बर्न अस्पतालको आईसीयू मा राखेर उपचार भइरहेको छ। चिकित्सक ताम्राकारका अनुसार बर्न केसहरूमा प्रारम्भिक दिनहरूमा देखिने लक्षण सामान्य भए पनि चौथो वा पाँचौं दिनदेखि जटिलता देखा पर्ने सम्भावना बढी हुन्छ। “यस्तो खालको चोटमा पूर्ण मूल्यांकन केही दिनपछि मात्र सम्भव हुन्छ,” उहाँले भन्नुभयो।
गत मङ्गलबार भएको हिंसात्मक घटनामा डल्लुस्थित नेता खनालको घरमा आगजनी भएको थियो। त्यस क्रममा चित्रकार घरभित्रै फस्नुभएको र जलेर गम्भीर घाइते हुनुभएको थियो।
उक्त आगजनी घटनाबाट घाइते भएका आठ जनालाई बर्न अस्पतालमा भर्ना गरिएको थियो, जसमा हालसम्म छ जनाको उपचार जारी रहेको छ। तीमध्ये धेरैलाई श्वासप्रश्वासमा गम्भीर असर परेको बताइएको छ।
चिकित्सकको आन्दोलनपछि पर्सामा एसपी हेरफेर, भट्टराई पुगे प्रमुखको जिम्मेवारीमा
बुधबार, साउन १३, २०८३
चिकित्सा शिक्षा आयोगको ६ अर्ब ५५ करोड २५ लाख बराबरको बजेट स्वीकृत
बुधबार, साउन १३, २०८३
पार्टीमा आवद्ध व्यक्तिलाई नेपाल रेडक्रस सोसाइटीमा निषेध
बुधबार, साउन १३, २०८३
लामो समयपछि स्वास्थ्यकर्मी सुरक्षा समन्वय समितिको बैठक सम्पन्न
बुधबार, साउन १३, २०८३
