नेपाल हेल्थ न्युज, काठमाडौं । ऊर्जामन्त्री कुलमान घिसिङले नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ नेता झलनाथ खनालसँग टेलिफोनमार्फत संवाद गरी उनकी पत्नी रविलक्ष्मी चित्रकारको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्।
जेनजी आन्दोलनका क्रममा डल्लुस्थित खनाल निवासमा आगलागी हुँदा गम्भीर रूपमा घाइते भएकी चित्रकार हाल अस्पतालमा उपचाररत छिन्। उनको अवस्था अझै पनि पूर्ण रूपमा खतरामुक्त भइसकेको छैन।
हालै सामाजिक सञ्जाल तथा केही माध्यममा चित्रकारको निधन भएको भनी फैलिएको गलत सूचना मन्त्री घिसिङले पनि सुनेका थिए। तर, उनका नजिकका व्यक्तिबाट उक्त सूचना असत्य रहेको थाहा पाएपछि उनले व्यक्तिगत रूपमा खनाललाई सम्पर्क गरेका हुन्।
उल्लेखनीय कुरा के छ भने, रविलक्ष्मी चित्रकार कुलमान घिसिङकी पूर्वशिक्षिका रहेकी थिइन्।
अस्कल क्याम्पसमा आइएस्सी पढ्दा उनलाई चित्रकारले पढाएकी थिइन्। सोही सम्बन्धका कारण पनि मन्त्री घिसिङ चित्रकारको स्वास्थ्य अवस्थाप्रति गहिरो चासो राख्दै आएका छन्।
फोन संवादका क्रममा खनालले आगलागीपछिको अवस्थाबारे समेत जानकारी गराएका थिए। मन्त्री घिसिङले रविलक्ष्मी चित्रकारको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्।
चिकित्सकको आन्दोलनपछि पर्सामा एसपी हेरफेर, भट्टराई पुगे प्रमुखको जिम्मेवारीमा
बुधबार, साउन १३, २०८३
चिकित्सा शिक्षा आयोगको ६ अर्ब ५५ करोड २५ लाख बराबरको बजेट स्वीकृत
बुधबार, साउन १३, २०८३
पार्टीमा आवद्ध व्यक्तिलाई नेपाल रेडक्रस सोसाइटीमा निषेध
बुधबार, साउन १३, २०८३
लामो समयपछि स्वास्थ्यकर्मी सुरक्षा समन्वय समितिको बैठक सम्पन्न
बुधबार, साउन १३, २०८३
