नेपाल हेल्थ न्युज, बेलायत । बेलायतमा कार्यरत एक डाक्टरले अपरेशनको क्रममा बिरामीलाई छोडेर नर्ससँग अनुचित शारीरिक सम्पर्क राखेको विषयमा पछिल्लो समय धेरैको ध्यान खिचिएको छ। यो घटना अहिले ‘मेडिकल प्र्याक्टिसनर्स ट्रिब्युनल’को सुनुवाइपछि झनै चर्चामा आएको छ।
पाकिस्तानी मूलका ४४ वर्षीय डा. सुहैल अन्जुम ग्रेटर म्यानचेस्टरको टेमसाइड अस्पतालमा कन्सल्टेन्ट एनेस्थेटिस्टको रूपमा कार्यरत थिए। १६ सेप्टेम्बर २०२३ मा, उनले एनेस्थेसिया दिइएका बिरामीलाई अर्का नर्सको जिम्मा लगाएर आफू बाथरुम जाने बहानामा अर्को अपरेशन थिएटरमा प्रवेश गरे। त्यहाँ उनी नर्स ‘सी’सँग अनुचित सम्बन्धमा लिप्त भएको पाइएको हो।
एक नर्सले देखेको बयानअनुसार, नर्स ‘सी’को ट्राउजर घुँडासम्म झरेको थियो र डा. अन्जुम आफ्नो ट्राउजरको डोरी बाँधिरहेका थिए। उनी करिब आठ मिनेटसम्म अपरेशन थिएटरबाट अनुपस्थित भए पनि बिरामीलाई तत्कालीन क्षति भने पुगेन।
घटना सार्वजनिक भएपछि अस्पताल प्रशासनले आन्तरिक छानबिन गरी २०२४ को फेब्रुअरीमा अन्जुमलाई बर्खास्त गरेको थियो। पछिल्लो हप्ता सम्पन्न ट्रिब्युनल सुनुवाइमा अन्जुमले गल्ती स्वीकार गर्दै यसलाई “लाजमर्दो” क्षण भनेका छन्।
उनले भने, मैले बिरामी, सहकर्मी र ममाथि विश्वास गर्ने सबैको भरोसा तोडेँ। म पूर्णरूपमा दोषी छु। ट्रिब्युनलले अन्जुमको कार्यलाई ‘गम्भीर बदचलन’ को संज्ञा दिएको छ, यद्यपि बिरामीको प्रत्यक्ष सुरक्षामा असर नपरेको जनाउँदै उनलाई सजाय भने नदिने निर्णय गरिएको छ। ट्रिब्युनल प्रमुख रेबेका मिलरले अन्जुमले आफ्नो व्यक्तिगत इच्छा बिरामी र सहकर्मीभन्दा माथि राखेको बताइन्।
अहिले उनी पाकिस्तानमा डाक्टरी पेसामा कार्यरत छन्। बेलायत फर्केर आफ्नो करिअर पुनः सुरु गर्ने इच्छा उनले व्यक्त गरेका छन्। अन्तिम निर्णयस्वरूप, उनको मेडिकल दर्तामा चेतावनी दिने वा नदिने विषयमा आगामी बैठकमा छलफल हुने बताइएको छ।
जुम्लामा रगत अभावको समस्या हुँदैछ समाधान
शुक्रबार, मंसिर १९, २०८२
मानसिक स्वास्थ्य सुधारमा योग–ध्यानको आवश्यकता : मन्त्री गौतम
शुक्रबार, मंसिर १९, २०८२
विश्वभर आज स्वयंसेवक दिवस मनाइँदै
शुक्रबार, मंसिर १९, २०८२
कोभिड खोपले १० बालबालिकाको मृत्युसँग सम्बन्ध राख्न सक्ने प्रारम्भिक निष्कर्ष
शुक्रबार, मंसिर १९, २०८२
