नेपाल हेल्थ न्युज, काठमाडौं । गत भदौ २४ गते काठमाडौंको डल्लुमा भएको आगजनी घटनामा पूर्वप्रधानमन्त्री झलनाथ खनालकी पत्नी रविलक्ष्मी चित्रकार गम्भीर घाइते भएकी छन्।
घरमा लागेको आगोले उनको शरीरको १७ प्रतिशत भाग जलेको छ र उपचारक्रममा देब्रेहात काटिएको छ ।
जलेर शरीरलाई थप असर गर्ने भएपछि चिकित्सकले उनको शल्यक्रिया गरी हात फालिदिएको पूर्वप्रधानमन्त्री खनालले बताउनुभयो ।
कीर्तिपुरस्थित बर्न अस्पतालको इन्टेन्सिभ केयर युनिट (आइसियु) मा राखेर चित्रकारको उपचार भइरहेको छ। हाल उहाँको अवस्था निकै गम्भीर रहेको छ र उहाँलाई निमोनियासमेत देखिएको चिकित्सकले जानकारी दिनुभएको छ।
जेनजी समूहले आन्दोलन गरिरहेका बेला भदौ २४ गते खनालको काठमाडौंको डल्लुस्थित घरमा आगजनी गरेका थिए । त्यसक्रममा चित्रकारको शरीरमा आगो लागेको थियो । त्यसै दिनयता चित्रकारको उपचार भइरहेको छ ।
‘कति दिनसम्म उपचार गर्नुपर्छ भन्नेबारे अहिलेसम्म चिकित्सकले अनुमान गर्न सकेका छैनन्,’ खनालले भन्नुभयो, ‘अन्यत्र लैजानुपर्छ पनि भनेको छैन ।’
घरमै बसी-बसी तौल घटाउन खोज्दै हुनुहुन्छ? यी ५ टिप्स अपनाउनुहोस्!
बुधबार, कात्तिक ११, २०८३
बागमती प्रदेशको स्वास्थ्य सचिव डा. गौतमको सरुवा
बुधबार, कात्तिक ११, २०८३
वीर अस्पतालसहित ४ स्वास्थ्य संस्थालाई शल्यक्रिया सिकाउने उपकरण सहयोग
बुधबार, कात्तिक ११, २०८३
स्वास्थ्य क्षेत्रलाई उच्च सतर्कतामा रहन निर्देशन
बुधबार, कात्तिक ११, २०८३
