नेपाल हेल्थ न्युज, काठमाडौं । गत भदौ २४ गते काठमाडौंको डल्लुमा भएको आगजनी घटनामा पूर्वप्रधानमन्त्री झलनाथ खनालकी पत्नी रविलक्ष्मी चित्रकार गम्भीर घाइते भएकी छन्।
घरमा लागेको आगोले उनको शरीरको १७ प्रतिशत भाग जलेको छ र उपचारक्रममा देब्रेहात काटिएको छ ।
जलेर शरीरलाई थप असर गर्ने भएपछि चिकित्सकले उनको शल्यक्रिया गरी हात फालिदिएको पूर्वप्रधानमन्त्री खनालले बताउनुभयो ।
कीर्तिपुरस्थित बर्न अस्पतालको इन्टेन्सिभ केयर युनिट (आइसियु) मा राखेर चित्रकारको उपचार भइरहेको छ। हाल उहाँको अवस्था निकै गम्भीर रहेको छ र उहाँलाई निमोनियासमेत देखिएको चिकित्सकले जानकारी दिनुभएको छ।
जेनजी समूहले आन्दोलन गरिरहेका बेला भदौ २४ गते खनालको काठमाडौंको डल्लुस्थित घरमा आगजनी गरेका थिए । त्यसक्रममा चित्रकारको शरीरमा आगो लागेको थियो । त्यसै दिनयता चित्रकारको उपचार भइरहेको छ ।
‘कति दिनसम्म उपचार गर्नुपर्छ भन्नेबारे अहिलेसम्म चिकित्सकले अनुमान गर्न सकेका छैनन्,’ खनालले भन्नुभयो, ‘अन्यत्र लैजानुपर्छ पनि भनेको छैन ।’
टिचिङ अस्पतालमा तीजका दिन नियमित स्वास्थ्य सेवा बन्द हुने
आइतबार, भदौ २८, २०८३
अस्पतालबाहिर सुत्केरी गराइएको घटनामा छ कर्मचारीमाथि कारबाही
आइतबार, भदौ २८, २०८३
नर्भिकले ४२ दशमलब १०५ प्रतिशत लाभांश वितरण गर्ने
आइतबार, भदौ २८, २०८३

