नेपाल हेल्थ न्युज, काठमाडौं । स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत अस्पतालहरूले बीमितलाई प्रदान गरेका उपचार सेवाको रकम भुक्तानी पाउन थालेका छन्। स्वास्थ्य बीमा बोर्डले आर्थिक वर्ष २०८०/८१ को असोज मसान्तसम्मको बक्यौता रकम भुक्तानी गरिसकेको जनाएको छ।
बोर्डका सूचना अधिकारी विकेश मल्लका अनुसार, भदौ २० गते गरिएको ४ अर्ब ३५ करोड रुपैयाँको भुक्तानीले सो अवधिसम्मको दाबी रकम तिरिएको हो।
यसअघि, चालु आर्थिक वर्षको वैशाख महिनामा पनि बोर्डले अस्पतालहरुलाई चैतसम्मका लागि अग्रिम रूपमा ४ अर्ब ३८ करोड रुपैयाँ उपलब्ध गराएको थियो।
हालसम्म सरकारले चालु आर्थिक वर्षका लागि १० अर्ब रुपैयाँ बजेट छुट्याएको भए तापनि, अझै १५ अर्ब ३३ करोड रुपैयाँ बराबरको बक्यौता भुक्तानी गर्न बाँकी रहेको मल्लले जानकारी दिनुभयो। यो स्थिति हेर्दा, थप बजेट नआएसम्म सम्पूर्ण भुक्तानी सम्भव नहुने देखिएको छ।
त्यसो त स्वास्थ्य बीमा बोर्डले असोज मसान्तसम्म बक्यौता रकम पूर्ण रुमपा सोध भर्ना गर्न भन्दै १८० जना मेडिकल अधिकृत करारमा लिएर दावी गरिएका रकमको रिभ्यु गराएको छ । तीन महिने करारमा नियुक्त भएका उनीहरुले आधा आधी काम सकेको बोर्डले जनाएको छ ।
नुवाकोटमा नेपाल प्रहरीको अस्थायी अस्पताल सञ्चालनमा
आइतबार, भदौ २८, २०८३
टिचिङ अस्पतालमा तीजका दिन नियमित स्वास्थ्य सेवा बन्द हुने
आइतबार, भदौ २८, २०८३
अस्पतालबाहिर सुत्केरी गराइएको घटनामा छ कर्मचारीमाथि कारबाही
आइतबार, भदौ २८, २०८३

