नेपाल हेल्थ न्युज, काठमाडौं । स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत अस्पतालहरूले बीमितलाई प्रदान गरेका उपचार सेवाको रकम भुक्तानी पाउन थालेका छन्। स्वास्थ्य बीमा बोर्डले आर्थिक वर्ष २०८०/८१ को असोज मसान्तसम्मको बक्यौता रकम भुक्तानी गरिसकेको जनाएको छ।
बोर्डका सूचना अधिकारी विकेश मल्लका अनुसार, भदौ २० गते गरिएको ४ अर्ब ३५ करोड रुपैयाँको भुक्तानीले सो अवधिसम्मको दाबी रकम तिरिएको हो।
यसअघि, चालु आर्थिक वर्षको वैशाख महिनामा पनि बोर्डले अस्पतालहरुलाई चैतसम्मका लागि अग्रिम रूपमा ४ अर्ब ३८ करोड रुपैयाँ उपलब्ध गराएको थियो।
हालसम्म सरकारले चालु आर्थिक वर्षका लागि १० अर्ब रुपैयाँ बजेट छुट्याएको भए तापनि, अझै १५ अर्ब ३३ करोड रुपैयाँ बराबरको बक्यौता भुक्तानी गर्न बाँकी रहेको मल्लले जानकारी दिनुभयो। यो स्थिति हेर्दा, थप बजेट नआएसम्म सम्पूर्ण भुक्तानी सम्भव नहुने देखिएको छ।
त्यसो त स्वास्थ्य बीमा बोर्डले असोज मसान्तसम्म बक्यौता रकम पूर्ण रुमपा सोध भर्ना गर्न भन्दै १८० जना मेडिकल अधिकृत करारमा लिएर दावी गरिएका रकमको रिभ्यु गराएको छ । तीन महिने करारमा नियुक्त भएका उनीहरुले आधा आधी काम सकेको बोर्डले जनाएको छ ।
घरमै बसी-बसी तौल घटाउन खोज्दै हुनुहुन्छ? यी ५ टिप्स अपनाउनुहोस्!
बुधबार, कात्तिक ११, २०८३
बागमती प्रदेशको स्वास्थ्य सचिव डा. गौतमको सरुवा
बुधबार, कात्तिक ११, २०८३
वीर अस्पतालसहित ४ स्वास्थ्य संस्थालाई शल्यक्रिया सिकाउने उपकरण सहयोग
बुधबार, कात्तिक ११, २०८३
स्वास्थ्य क्षेत्रलाई उच्च सतर्कतामा रहन निर्देशन
बुधबार, कात्तिक ११, २०८३
