नेपाल हेल्थ न्युज, काठमाडौं । हाल देशभरि चलेको जेनजी आन्दोलनका क्रममा घाइते भएकाहरुको विभिन्न अस्पतालहरूमा उपचार भइरहेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म १५३ जना घाइते २९ अस्पतालमा उपचाररत छन्।
मन्त्रालयले दिएको जानकारी अनुसार, सबैभन्दा धेरै २८ जना घाइते काठमाडौंको ट्रमा सेन्टरमा उपचार गराइरहेका छन्। त्यसपछि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा १७ जना, काठमाडौं मेडिकल कलेजमा १४ जना र नेपाल प्रहरी अस्पतालमा १२ जना घाइते उपचाररत छन्।
त्यसैगरी, चितवन मेडिकल कलेजमा ८ जना, गण्डकी मेडिकल कलेजमा ७ जना, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ६, नोबल मेडिकल कलेजमा ६ जनाको उपचार भइरहेको जनाइएको छ।
मन्त्रालयका अनुसार आन्दोलनका क्रममा अहिलेसम्म ७४ जनाले ज्यान गुमाएका छन्। तीमध्ये ६१ जना सर्वसाधारण, १० जना कैदीबन्दी र ३ जना प्रहरी रहेका छन्।
टिचिङ अस्पतालमा तीजका दिन नियमित स्वास्थ्य सेवा बन्द हुने
आइतबार, भदौ २८, २०८३
अस्पतालबाहिर सुत्केरी गराइएको घटनामा छ कर्मचारीमाथि कारबाही
आइतबार, भदौ २८, २०८३
नर्भिकले ४२ दशमलब १०५ प्रतिशत लाभांश वितरण गर्ने
आइतबार, भदौ २८, २०८३

