नेपाल हेल्थ न्युज, काठमाडौं । जेनजी आन्दोलनको दोस्रो दिन रामशाहपथस्थित स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा भएको आगजनी र तोडफोडपछि सो भवन तत्काल प्रयोग गर्न नसकिने अवस्थामा पुगेको निष्कर्ष प्रारम्भिक निरीक्षणले देखाएको छ।
नेपाल इन्जिनियर्स एसोसिएसनका अध्यक्ष सुवासचन्द्र बरालका अनुसार आगलागी र तोडफोडबाट भवनमा गम्भीर संरचनात्मक क्षति पुगेको छ। प्रारम्भिक अध्ययनमा संलग्न इन्जिनियरहरूले भवन तत्काल प्रयोगयोग्य नरहेको बताएको उहाँले जानकारी दिनुभयो।
विशेषगरी वास्तुकलाको दृष्टिले पनि महत्वपूर्ण मानिने उक्त भवन अन्तर्राष्ट्रिय स्तरका प्रसिद्ध आर्किटेक्ट लुई कानको शैलीमा निर्माण गरिएको नमुना संरचना मानिन्छ। पिल्लरविनाको ढाँचामा बनेको यो भवन नेपाली इन्जिनियरिङ इतिहासमै एक अद्वितीय नमूना मानिन्छ।
सहरी विकास तथा भवन निर्माण विभागको समन्वयमा गरिएको प्राविधिक अध्ययनले भवनको सुरक्षासम्बन्धी चिन्ता उजागर गरेको हो। हालको अवस्थाका आधारमा भवन प्रयोगमा ल्याउनु जोखिमपूर्ण हुने विशेषज्ञहरूको सुझाव छ। सरकारले अब यो भवन मर्मत वा पुनर्निर्माणको बाटोमा जानुपर्ने देखिएको छ।
काठमाडौं महानगरले साँघुरा सडकका लागि ‘बाइक एम्बुलेन्स’ सेवा ल्याउने तयारी
आइतबार, जेठ ३१, २०८३
१८ हजारभन्दा बढी बालबालिकामा कडा कुपोषण
आइतबार, जेठ ३१, २०८३
विश्व रक्तदाता दिवस : सुरक्षित र पर्याप्त रगत आपूर्तिमा अझै असमानता
आइतबार, जेठ ३१, २०८३
चितवनका सरकारी अस्पतालमा बिरामीकाे भार
शुक्रबार, जेठ २९, २०८३

