नेपाल हेल्थ न्युज, काठमाडौं । नेपाल सरकारको नेतृत्व सम्हालिरहनु भएकी प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा गठन भइरहेको अन्तरिम मन्त्रिपरिषद्का लागि योग्य, अनुभवी र प्रतिष्ठित व्यक्तित्वहरूलाई समावेश गर्ने प्रयास तीव्र रूपमा जारी रहेको छ।
सोही क्रममा वरिष्ठ मुटुरोग विशेषज्ञ डा. भगवान कोइरालालाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारीका लागि अनुरोध गरिएको जानकारी प्राप्त भएको छ।
यसअघि, तिलगंगा आँखा अस्पतालका संस्थापक तथा नेत्ररोग विशेषज्ञ डा. सन्दुक रुइतलाई पनि सो मन्त्रालयको नेतृत्वका लागि आग्रह गरिएको थियो।
यद्यपि, स्वास्थ्य अवस्था र अस्पतालमा रहनुपर्ने व्यस्तताका कारण उहाँले विनम्रतापूर्वक उक्त प्रस्ताव स्वीकार गर्न नसक्ने जानकारी गराउनु भएको थियो।
डा. रुइतको असमर्थतापछि डा. कोइरालालाई सो जिम्मेवारीका लागि प्रस्ताव गरिएको हो। तर, उहाँले पनि हाल आफू बाल अस्पताल निर्माणको महत्वपूर्ण परियोजनामा समर्पित रहेको र मन्त्री पदमा रुचि नराख्ने जानकारी गराउनु भएको छ। समाजसेवा र बालस्वास्थ्यको क्षेत्रमा उहाँको समर्पण सराहनीय रहेको छ।
यसैबीच, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको लागि महावीर पुनलाई पनि मन्त्री बन्न प्रस्ताव गरिएको बुझिएको छ। नवप्रवर्तन र वैज्ञानिक अनुसन्धानका क्षेत्रमा उहाँको योगदान उल्लेखनीय छ, र सरकार उहाँको अनुभव र नेतृत्वलाई सदुपयोग गर्न इच्छुक देखिन्छ।
कानुन विपरीत सञ्चालन भएका अस्पतालमा काम नगर्न चिकित्सकलाई निर्देशन
आइतबार, असार ७, २०८३
टिचिङमा असार १५ देखि स्वास्थ्य बिमा पुन सुचारु हुने
आइतबार, असार ७, २०८३
प्रा. डा. चन्दा कार्कीका दुई कृतिमार्फत समाजसेवाको नयाँ अभियान
आइतबार, असार ७, २०८३
अब क्यान्सरको औषधि सहज उपलब्ध हुने
आइतबार, असार ७, २०८३
