नेपाल हेल्थ न्युज, काठमाडौं । भदौ २४ गते जेनजी आन्दोलनको क्रममा भएको आगजनीले स्वास्थ्य मन्त्रालयलाई गहिरो धक्का दिएको छ। मन्त्रालय परिसरमा रहेका २५ वटा सरकारी गाडी र दुई सयभन्दा बढी मोटरसाइकल जलेर पूर्णरूपमा नष्ट भएका छन्।
स्वास्थ्य मन्त्रालयका सहवक्ता डा. समिर अधिकारीका अनुसार उक्त आगजनीले मन्त्रालयको संरचना मात्र होइन, चार दशकदेखि सुरक्षित रूपमा संकलन गरिएका सम्पूर्ण कागजी दस्तावेजहरू समेत पूर्णरूपमा ध्वस्त भएका छन्।
“मन्त्रालयका सचिवदेखि अतिरिक्त सचिव, महाशाखा प्रमुख र अन्य कर्मचारीहरूका नाममा प्रयोग भइरहेका सवारीसाधन जलेर कामै नलाग्ने भएका छन्,” डा. अधिकारीले जानकारी दिनुभयो।
उहाँका अनुसार, सवारीसाधनका साथै मन्त्रालय सुरु भएयता संकलन गरिएका सम्पूर्ण कागजात आगलागीका कारण जलेर खरानी भएका छन्।
आगलागीबाट अन्य थप कस्ता क्षति भए भन्ने विवरण संकलनको काम सुरु भइसकेको मन्त्रालयले जनाएको छ। हाल स्वास्थ्य मन्त्रालयले नेपाल स्वास्थ्य अनुसन्धान परिषद् को नयाँ भवनबाट अस्थायी रूपमा सेवा सञ्चालन गरिरहेको छ।
सरकारी संरचनामाथि भएको यस्तो क्षति गम्भीर मानिँदै आएको छ र यसले सरकारी अभिलेख संरक्षणको विषयमा नयाँ बहससमेत सुरु गराएको छ। घटना सम्बन्धमा अनुसन्धान भइरहेको जनाइएको छ।
चिकित्सक अचेत अवस्थामा फेला
आइतबार, चैत १, २०८२
काठमाडौं मेडिकल कलेजमा दुर्लभ मस्तिष्क रोगको सफल उपचार
आइतबार, चैत १, २०८२
अल्झिएको चिकित्सक संघको चुनावः समाधान खोज्दै निर्वाचन समिति
आइतबार, चैत १, २०८२
जुम्लाबाट हेलिकप्टरमा उद्दार गरिएकी सुत्केरीको मृत्यु
शुक्रबार, फागुन २९, २०८२
