नेपाल हेल्थ न्युज, बाजुरा । दुर्गम बस्तीमा स्वास्थ्य सुविधा पुर्याउने उद्देश्यले काठमाडौँ महानगरपालिकाले बाजुराको खप्तड छेडेदह गाउँपालिकालाई एम्बुलेन्स सहयोग गरेको छ।
शुक्रबार एक विशेष समारोहमार्फत महानगरपालिकाले उक्त एम्बुलेन्स गाउँपालिका अध्यक्ष दिलबहादुर रावतलाई हस्तान्तरण गरेको हो। यससँगै गाउँपालिकामा अब दुईवटा एम्बुलेन्स सञ्चालनमा आउने भएका छन्।
यसअघि २०८२ जेठ ३२ गते भारतीय दूतावासबाट उपहारस्वरूप प्राप्त एम्बुलेन्स हाल सञ्चालनमा छ। नयाँ एम्बुलेन्स थपिएसँगै दुर्गम बस्तीका सर्वसाधारणले सहज स्वास्थ्य सेवा पाउने अपेक्षा गरिएको छ।
२०८० मङ्सिरमा महानगरपालिकाले खप्तड छेडेदहसहित देशका विभिन्न दुर्गम गाउँपालिकालाई राजस्व छुटको व्यवस्था मिलाई एम्बुलेन्स वितरण गर्ने निर्णय गरेको थियो। सोही निर्णयअनुसार पहिलो चरणमै ३५ वटा गाउँपालिकालाई एम्बुलेन्स हस्तान्तरण गरिएको हो।
गाउँपालिका अध्यक्ष रावतका अनुसार तोकिएको कार्यविधिअनुसार सहज र सुलभ सेवा उपलब्ध गराइनेछ। मार्तडी सदरमुकाम, अछामको बयालपाटा अस्पतालसहित विभिन्न स्थानका लागि भाडादर निर्धारण गरिएको छ भने गर्भवती, सुत्केरी, ज्येष्ठ नागरिक, विपन्न, विपद् तथा दुर्घटनामा परेकालाई पालिकाभित्र निःशुल्क सेवा दिने व्यवस्था गरिएको छ।
विश्वविद्यालय अनुदान आयोगको सदस्यसचिवमा प्रा.डा. रोजी श्रेष्ठ नियुक्त
बुधबार, साउन २०, २०८३
इन्टर्न चिकित्सक दिल्ली हरिजनको जीवनरक्षा गर्न चिकित्सक संघको माग
बुधबार, साउन २०, २०८३
७२ जिल्लामा दुई हजारभन्दा बढीमा डेङ्गु सङ्क्रमण पुष्टि, दुईको मृत्यु
बुधबार, साउन २०, २०८३
कान्ति बाल अस्पतालको निर्देशकमा डा. रामहरी चापागाईं नियुक्त
बुधबार, साउन २०, २०८३
