नेपाल हेल्थ न्युज, काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आवश्यक जनशक्ति तथा औषधि सामग्री तयारी अवस्थामा राखी आकस्मिक स्वास्थ्य सेवाको निरन्तरता सुनिश्चित गर्न सबै अस्पताल एवं स्वास्थ्य संस्थाहरूलाई अनुरोध गरेको छ ।
शनिबार एक विज्ञप्ति जारी गर्दै मन्त्रालयका सहसचिव एवं प्रवक्ता डा.प्रकाश बुढाथोकीले आवश्यक परेमा सङ्घीय तथा प्रदेशस्तरका स्वास्थ्य आपतकालीन कार्य सञ्चालन केन्द्रमा सम्पर्क गरी आवश्यक सहजीकरण र व्यवस्थापन गर्न अनुरोध गरेका छन् ।
बिरामी स्थानान्तरण तथा रेफरल सेवाहरूलाई सहज र प्रभावकारी बनाउन, एम्बुलेन्स सेवाको समन्वय र सञ्चालनलाई प्रभावकारी बनाउन पनि मन्त्रालयले अनुरोध गरेको छ ।
निरन्तर वर्षाका कारण बाढी, पहिरो तथा अन्य प्राकृतिक प्रकोप उत्पन्न भई दुर्घटना, चोटपटक एवं जनस्वास्थ्यमा नकारात्मक प्रभाव पर्न सक्ने भएकाले सतर्कता अपनाउन मन्त्रालयले भनेको छ ।
मन्त्रालयले कुनै जानकारी तथा सहयोगका लागि सङ्घीय स्वास्थ्य आपतकालीन कार्य सञ्चालन केन्द्र, प्रादेशिक स्वास्थ्य आपतकालीन कार्य सञ्चालन केन्द्रका अतिरिक्त मन्त्रालयको निःशुल्क हेल्पलाइन नम्बर १११५ मा सम्पर्क गर्न पनि अनुरोध गरेको छ ।
जुम्लामा रगत अभावको समस्या हुँदैछ समाधान
शुक्रबार, मंसिर १९, २०८२
मानसिक स्वास्थ्य सुधारमा योग–ध्यानको आवश्यकता : मन्त्री गौतम
शुक्रबार, मंसिर १९, २०८२
विश्वभर आज स्वयंसेवक दिवस मनाइँदै
शुक्रबार, मंसिर १९, २०८२
कोभिड खोपले १० बालबालिकाको मृत्युसँग सम्बन्ध राख्न सक्ने प्रारम्भिक निष्कर्ष
शुक्रबार, मंसिर १९, २०८२
