नेपाल हेल्थ न्युज, धरान । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले अब पेइङ सेवामार्फत उपचार लिने बिरामीहरूबाट अतिरिक्त शुल्क नलिने निर्णय गरेको छ।
अस्पतालका निर्देशक डा. जगत नारायण प्रसादको हस्ताक्षरसहित जारी गरिएको सूचनाअनुसार कार्तिक १ गतेदेखि यो निर्णय लागू हुने भएको हो।
सूचनामा भनिएको छ —“पेइङ सेवा लिने बिरामीले अबदेखि शल्यक्रिया शुल्क मात्र पेइङ दररेटअनुसार तिर्नुपर्नेछ। त्यसबाहेकका सबै सेवा शुल्कहरू सामान्य अस्पताल दररेटमै लागु हुनेछ।” अर्थात् अब ल्याब, रेडियोलोजी, नर्सिङ सेवा, बेड चार्ज लगायतका शुल्कहरू सामान्य वार्डका बिरामीजस्तै दररेटमा लागू हुनेछन्। पेइङ वार्डमा भर्ना भएका बिरामीहरूको हकमा भने हालको दररेट यथावत रहनेछ। यो कदमले पेइङ सेवामार्फत उपचार गराउने बिरामीहरूलाई अनावश्यक अतिरिक्त शुल्कको बोझबाट राहत दिलाउने अस्पतालको दाबी छ।
नर्भिकले ४२ दशमलब १०५ प्रतिशत लाभांश वितरण गर्ने
आइतबार, भदौ २८, २०८३
बाढी प्रभावित क्षेत्रमा थप विशेषज्ञ चिकित्सक टोली जाँदै
शुक्रबार, भदौ २६, २०८३
बाढीपीडितलाई भारतीय औषधी कम्पनीको १ करोड ५० लाख सहयोग
शुक्रबार, भदौ २६, २०८३

