नेपाल हेल्थ न्युज, धरान । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले अब पेइङ सेवामार्फत उपचार लिने बिरामीहरूबाट अतिरिक्त शुल्क नलिने निर्णय गरेको छ।
अस्पतालका निर्देशक डा. जगत नारायण प्रसादको हस्ताक्षरसहित जारी गरिएको सूचनाअनुसार कार्तिक १ गतेदेखि यो निर्णय लागू हुने भएको हो।
सूचनामा भनिएको छ —“पेइङ सेवा लिने बिरामीले अबदेखि शल्यक्रिया शुल्क मात्र पेइङ दररेटअनुसार तिर्नुपर्नेछ। त्यसबाहेकका सबै सेवा शुल्कहरू सामान्य अस्पताल दररेटमै लागु हुनेछ।” अर्थात् अब ल्याब, रेडियोलोजी, नर्सिङ सेवा, बेड चार्ज लगायतका शुल्कहरू सामान्य वार्डका बिरामीजस्तै दररेटमा लागू हुनेछन्। पेइङ वार्डमा भर्ना भएका बिरामीहरूको हकमा भने हालको दररेट यथावत रहनेछ। यो कदमले पेइङ सेवामार्फत उपचार गराउने बिरामीहरूलाई अनावश्यक अतिरिक्त शुल्कको बोझबाट राहत दिलाउने अस्पतालको दाबी छ।
घरमै बसी-बसी तौल घटाउन खोज्दै हुनुहुन्छ? यी ५ टिप्स अपनाउनुहोस्!
बुधबार, कात्तिक ११, २०८३
बागमती प्रदेशको स्वास्थ्य सचिव डा. गौतमको सरुवा
बुधबार, कात्तिक ११, २०८३
वीर अस्पतालसहित ४ स्वास्थ्य संस्थालाई शल्यक्रिया सिकाउने उपकरण सहयोग
बुधबार, कात्तिक ११, २०८३
स्वास्थ्य क्षेत्रलाई उच्च सतर्कतामा रहन निर्देशन
बुधबार, कात्तिक ११, २०८३
