नेपाल हेल्थ न्युज, काठमाडौं । केही दिन अघिको परेको अविरल वर्षाले डेङ्गी फैलाउने लामखुट्टेका लार्भा बगाएपछि अब सङ्क्रमण घट्ने सम्भावना बढेको छ।
इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखा अन्तर्गत कीटजन्य रोग शाखाका प्रमुख डा. गोकर्णप्रसाद दाहालका अनुसार दसैँपछिको अविरल वर्षाले पानी जम्ने ठाउँमा हुर्किने लामखुट्टेका लार्भा नष्ट भएका छन्। उहाँका अनुसार, एडिज एजिप्टी र एडिस एल्बोपिक्टस नामक प्रजातिका लामखुट्टेले सफा पानीमा अण्डा राख्ने गर्छन्, जसबाट लार्भा निस्किएर वयस्क लामखुट्टे बन्ने गर्छन्। यी लामखुट्टेको टोकाइबाट डेङ्गी सर्छ।
डा. दाहालले जाडो मौसम सुरु हुँदै गएकाले पनि संक्रमण घट्ने संकेत देखिएको बताउनुभयो। तथापि, कात्तिक महिनासम्म संक्रमणको जोखिम कायम रहने भएकाले सतर्कता अपनाउन उहाँले आग्रह गर्नुभएको छ।
उहाँका अनुसार हालसम्म पाँच हजार ५४२ जना डेङ्गी संक्रमित फेला परेका छन्। तीमध्ये दसैँको समयमा मात्र १९० जना नयाँ संक्रमित थपिएका छन्।
हालसम्म डेङ्गीका कारण तीन जनाको ज्यान गइसकेको छ। प्रदेशगत विवरण हेर्दा गण्डकी प्रदेशमा सबैभन्दा बढी एक हजार ३५६, जना संक्रमित छन्। त्यसपछि बागमतीमा एक हजार ३१४, कोशीमा ७८५, लुम्बिनीमा ९७३, सुदूरपश्चिममा ६६७, कर्णालीमा ३२८ र मधेस प्रदेशमा ११९ जनामा संक्रमण देखिएको छ। डोल्पा र मनाङ जिल्ला बाहेक सबै जिल्लामा संक्रमण पुष्टि भएको छ। संक्रमण रोकथामका लागि सरकारले प्रत्येक शुक्रबार लार्भा खोज र नष्ट गर्ने अभियान सञ्चालन गर्दै आएको छ। रासस
राप्ती र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबीच सहकार्य सम्झौता
आइतबार, भदौ २८, २०८३
आज विश्व सेप्सिस दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै
आइतबार, भदौ २८, २०८३
जलनका बिरामीलाई कीर्तिपुर अस्पतालमा काठमाडौं महानगरको २ लाखसम्मको निःशुल्क उपचार
आइतबार, भदौ २८, २०८३
नुवाकोटमा नेपाल प्रहरीको अस्थायी अस्पताल सञ्चालनमा
आइतबार, भदौ २८, २०८३
