नेपाल हेल्थ न्युज, काठमाडौं । काठमाडौंको माइतीघरमा प्रदर्शन गर्न खोज्ने क्रममा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। पक्राउ परेकामा डा. निकोलस भुसाल, एसपी साह र सञ्जि दाहाल रहेका छन्।
काठमाडौं जिल्ला प्रशासन कार्यालयले कुनै पनि प्रकारको प्रदर्शनका लागि अनुमति नदिएको अवस्थामा उनीहरू माइतीघर पुगेपछि प्रहरीले पक्राउ गरेको हो। जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी पवनकुमार भट्टराईका अनुसार, प्रदर्शनको प्रयास गरेपछि उनीहरूलाई नियन्त्रणमा लिइएको हो।
विभिन्न जेन–जी समूहहरूले प्रदर्शन गर्ने भन्दै माइतीघर पुगेका थिए। अहिले माइतीघरदेखि नयाँ बानेश्वर क्षेत्रसम्म सुरक्षा व्यवस्था कडा बनाइएको छ। नेपाल प्रहरी र सशस्त्र प्रहरी बल बाक्लो संख्यामा परिचालन गरिएको छ।
प्रकाशित मिति: बिहीबार, असोज २३, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
घरमै बसी-बसी तौल घटाउन खोज्दै हुनुहुन्छ? यी ५ टिप्स अपनाउनुहोस्!
बुधबार, कात्तिक ११, २०८३
बागमती प्रदेशको स्वास्थ्य सचिव डा. गौतमको सरुवा
बुधबार, कात्तिक ११, २०८३
वीर अस्पतालसहित ४ स्वास्थ्य संस्थालाई शल्यक्रिया सिकाउने उपकरण सहयोग
बुधबार, कात्तिक ११, २०८३
स्वास्थ्य क्षेत्रलाई उच्च सतर्कतामा रहन निर्देशन
बुधबार, कात्तिक ११, २०८३
काठमाडौँमा रगत अभाव, रक्तदान गर्न रेडक्रसको आग्रह
बुधबार, कात्तिक ११, २०८३ट्रेन्डिङ
