नेपाल हेल्थ न्युज, काठमाडौं । काठमाडौंको माइतीघरमा प्रदर्शन गर्न खोज्ने क्रममा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। पक्राउ परेकामा डा. निकोलस भुसाल, एसपी साह र सञ्जि दाहाल रहेका छन्।
काठमाडौं जिल्ला प्रशासन कार्यालयले कुनै पनि प्रकारको प्रदर्शनका लागि अनुमति नदिएको अवस्थामा उनीहरू माइतीघर पुगेपछि प्रहरीले पक्राउ गरेको हो। जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी पवनकुमार भट्टराईका अनुसार, प्रदर्शनको प्रयास गरेपछि उनीहरूलाई नियन्त्रणमा लिइएको हो।
विभिन्न जेन–जी समूहहरूले प्रदर्शन गर्ने भन्दै माइतीघर पुगेका थिए। अहिले माइतीघरदेखि नयाँ बानेश्वर क्षेत्रसम्म सुरक्षा व्यवस्था कडा बनाइएको छ। नेपाल प्रहरी र सशस्त्र प्रहरी बल बाक्लो संख्यामा परिचालन गरिएको छ।
प्रकाशित मिति: बिहीबार, असोज २३, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
इन्टर्न चिकित्सक दिल्ली हरिजनको जीवनरक्षा गर्न चिकित्सक संघको माग
बुधबार, साउन २०, २०८३
७२ जिल्लामा दुई हजारभन्दा बढीमा डेङ्गु सङ्क्रमण पुष्टि, दुईको मृत्यु
बुधबार, साउन २०, २०८३
कान्ति बाल अस्पतालको निर्देशकमा डा. रामहरी चापागाईं नियुक्त
बुधबार, साउन २०, २०८३
नेपाल फार्मेसी परिषद्को अध्यक्षमा डा. कादिर आलम नियुक्त
बुधबार, साउन २०, २०८३
एक थोपा रगतले बच्न सक्छ जीवनः चिरायु अस्पताल र लायन्स क्लबको संयुक्त रक्तदान अभियान
बुधबार, साउन २०, २०८३ट्रेन्डिङ
