नेपाल हेल्थ न्युज, नेपालगन्ज । भेरी अस्पतालमा दुई हप्ताअघि एमआरआई सेवा एक हप्तासम्म ठप्प भयो । स्वास्थ्य सेवा विभाग र स्वास्थ्य बिमा बोर्डबाट अस्पताललाई पठाउनुपर्ने महत्वपूर्ण रकम अझै नपुगेसँगै सेवामा ठुलो असर परेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. निराजन सुवेदीले जानकारी दिनुभयो ।
डा. सुवेदीका अनुसार, विपन्न नागरिक उपचारका लागि छुट्याइएको तीन करोड रुपैयाँ अस्पतालले अझै पाउन सकेको छैन । त्यस्तै, स्वास्थ्य बिमा सेवाग्राहीको उपचार भत्ता स्वरूप करिब २० करोड रुपैयाँ पनि अझै आउन बाँकी छ ।
‘सप्लायर्सलाई भुक्तानी गर्न नसक्दा स्वास्थ्य सामग्री र उपकरण उपलब्ध हुन सकेका छैनन्, जसले सेवा नै ठप्प भएको हो,’ उहाँले भन्नुभयो ।
अस्पतालमा हेड इन्जरी, स्पाइनल, सिकलसेल, डायलायसिस र मुटु रोगजस्ता गम्भीर आठ प्रकारका रोगहरूको उपचारमा ठुलो समस्या देखिएको छ ।
बिमा रकम रोकिँदा ल्याब र फार्मेसी सेवा सञ्चालनमा गाह्रो भइरहेको र अस्पताल ब्रेकडाउनको अवस्थामा पुगेको बताउँदै डा. सुवेदीले भन्नुभयो, ‘अस्पतालले ६० प्रतिशत बिरामीलाई स्वास्थ्य बिमा अन्तर्गत सेवा दिइरहेको छ, तर रकम नआउँदा सेवा दिन समस्या भएको छ ।’ उहाँले थप्नुभयो, ‘यो अवस्था निरन्तर रह्यो भने बिरामी र अस्पताल दुवैका लागि ठूलो संकट हुनेछ ।’
स्वास्थ्यकर्मीमाथि हुने आक्रमण रोक्न सुरक्षा समन्वय समिति फेरि सक्रिय गरिने
मंगलबार, साउन १२, २०८३
बेबी पाउडर जोन्सन एन्ड जोन्सनले ट्याल्क मुद्दा मिलाउन ५.५ अर्ब डलर तिर्ने प्रस्ताव
मंगलबार, साउन १२, २०८३
लुम्बिनी प्रादेशिक अस्पतालमा स्वास्थ्यकर्मी माग, कुन पदमा कति ?
मंगलबार, साउन १२, २०८३
नारायणी अस्पतालका चिकित्सकको सामूहिक राजीनामा, आकस्मिक सेवा पनि बन्द
मंगलबार, साउन १२, २०८३
