नेपाल हेल्थ न्युज, काठमाडौं । माइतीघर मण्डलामा बिहीबार दिउँसो आयोजित प्रदर्शनका क्रममा पक्राउ परेका अभियान्ता निकोलस भुसाललाई सुधार केन्द्रमा पठाइएको छ।
काठमाडौं जिल्ला प्रहरी परिसरका प्रवक्ता, प्रहरी उपरीक्षक (एसपी) पवनकुमार भट्टराईका अनुसार, पक्राउपछि गरिएको स्वास्थ्य परीक्षणमा भुसालले लागूऔषध सेवन गरेको पुष्टि भएको हो।
‘एक वर्षअगाडि पनि उनलाई नियन्त्रणमा लिँदा यस्तै रिपोर्ट आएको थियो,’ एसपी भट्टराईले जानकारी दिए, ‘यसपटक पनि उस्तै देखिएको छ, त्यसैले सुधार केन्द्रमा राखिएको हो।’
उनका अनुसार, निकोलसलाई परिवारको सहमतिमा दाजुको जिम्मा लगाई सुधार केन्द्रमा पठाइएको हो। सोही प्रदर्शनका क्रममा प्रहरीले अन्य दुई जनालाई पनि नियन्त्रणमा लिएको थियो।
प्रकाशित मिति: शुक्रबार, असोज २४, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
घरमै बसी-बसी तौल घटाउन खोज्दै हुनुहुन्छ? यी ५ टिप्स अपनाउनुहोस्!
बुधबार, कात्तिक ११, २०८३
बागमती प्रदेशको स्वास्थ्य सचिव डा. गौतमको सरुवा
बुधबार, कात्तिक ११, २०८३
वीर अस्पतालसहित ४ स्वास्थ्य संस्थालाई शल्यक्रिया सिकाउने उपकरण सहयोग
बुधबार, कात्तिक ११, २०८३
स्वास्थ्य क्षेत्रलाई उच्च सतर्कतामा रहन निर्देशन
बुधबार, कात्तिक ११, २०८३
काठमाडौँमा रगत अभाव, रक्तदान गर्न रेडक्रसको आग्रह
बुधबार, कात्तिक ११, २०८३ट्रेन्डिङ
