नेपाल हेल्थ न्युज, काठमाडौं । माइतीघर मण्डलामा बिहीबार दिउँसो आयोजित प्रदर्शनका क्रममा पक्राउ परेका अभियान्ता निकोलस भुसाललाई सुधार केन्द्रमा पठाइएको छ।
काठमाडौं जिल्ला प्रहरी परिसरका प्रवक्ता, प्रहरी उपरीक्षक (एसपी) पवनकुमार भट्टराईका अनुसार, पक्राउपछि गरिएको स्वास्थ्य परीक्षणमा भुसालले लागूऔषध सेवन गरेको पुष्टि भएको हो।
‘एक वर्षअगाडि पनि उनलाई नियन्त्रणमा लिँदा यस्तै रिपोर्ट आएको थियो,’ एसपी भट्टराईले जानकारी दिए, ‘यसपटक पनि उस्तै देखिएको छ, त्यसैले सुधार केन्द्रमा राखिएको हो।’
उनका अनुसार, निकोलसलाई परिवारको सहमतिमा दाजुको जिम्मा लगाई सुधार केन्द्रमा पठाइएको हो। सोही प्रदर्शनका क्रममा प्रहरीले अन्य दुई जनालाई पनि नियन्त्रणमा लिएको थियो।
प्रकाशित मिति: शुक्रबार, असोज २४, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
इन्टर्न चिकित्सक दिल्ली हरिजनको जीवनरक्षा गर्न चिकित्सक संघको माग
बुधबार, साउन २०, २०८३
७२ जिल्लामा दुई हजारभन्दा बढीमा डेङ्गु सङ्क्रमण पुष्टि, दुईको मृत्यु
बुधबार, साउन २०, २०८३
कान्ति बाल अस्पतालको निर्देशकमा डा. रामहरी चापागाईं नियुक्त
बुधबार, साउन २०, २०८३
नेपाल फार्मेसी परिषद्को अध्यक्षमा डा. कादिर आलम नियुक्त
बुधबार, साउन २०, २०८३
एक थोपा रगतले बच्न सक्छ जीवनः चिरायु अस्पताल र लायन्स क्लबको संयुक्त रक्तदान अभियान
बुधबार, साउन २०, २०८३ट्रेन्डिङ
