नेपाल हेल्थ न्युज, काठमाडौँ । मिर्गौलाको पत्थरी निकाल्ने अत्याधुनिक प्रविधि ‘मिनि पीसीएनएल’ सम्बन्धि अन्तर्राष्ट्रिय सम्मेलन नेपालमा हुन लागेको छ । खड्की इन्स्टिच्युट अफ इन्डोयुरोलोजी, आरुस लाइफस्टाइल अस्पतालको आयोजनामा काठमाडौंमा असोज २५ र २६गते सो सम्मेलन हुनेछ ।
खड्की इन्स्टिच्युटका मेडिकल डाइरेक्टर डा. सञ्जय खड्गीका अनुसार यो सम्मेलन नेपालमै पहिलो पटकको ऐतिहासिक कार्यक्रम हो ।
४० देशका दुई सयभन्दा बढी विशेषज्ञहरू सहभागी हुने यो सम्मेलनको उद्देश्य मिर्गौलाको पत्थरी उपचार प्रविधि र शल्यकौशलको आदान–प्रदान गर्ने रहेको छ ।
सम्मेलन अवधिभर १४ जना बिरामीमा मिनि पीसीएनएल प्रविधिबाट लाइभ सर्जरी प्रदर्शन गरिनेछ । सहभागीहरूले शल्यक्रिया प्रत्यक्ष अवलोकन गर्दै सोही विषयमा छलफल गर्ने छन् ।
डा. खड्गीका शब्दमा—
दुई वटा शल्यकक्षबाट लाइभ सर्जरी देखाइनेछ । यसबाट नेपाली चिकित्सकले विश्वस्तरको प्रविधि प्रत्यक्ष सिक्न पाउनेछन् ।
घरमै बसी-बसी तौल घटाउन खोज्दै हुनुहुन्छ? यी ५ टिप्स अपनाउनुहोस्!
बुधबार, कात्तिक ११, २०८३
बागमती प्रदेशको स्वास्थ्य सचिव डा. गौतमको सरुवा
बुधबार, कात्तिक ११, २०८३
वीर अस्पतालसहित ४ स्वास्थ्य संस्थालाई शल्यक्रिया सिकाउने उपकरण सहयोग
बुधबार, कात्तिक ११, २०८३
स्वास्थ्य क्षेत्रलाई उच्च सतर्कतामा रहन निर्देशन
बुधबार, कात्तिक ११, २०८३
