नेपाल हेल्थ न्युज, काठमाडौँ । मिर्गौलाको पत्थरी निकाल्ने अत्याधुनिक प्रविधि ‘मिनि पीसीएनएल’ सम्बन्धि अन्तर्राष्ट्रिय सम्मेलन नेपालमा हुन लागेको छ । खड्की इन्स्टिच्युट अफ इन्डोयुरोलोजी, आरुस लाइफस्टाइल अस्पतालको आयोजनामा काठमाडौंमा असोज २५ र २६गते सो सम्मेलन हुनेछ ।
खड्की इन्स्टिच्युटका मेडिकल डाइरेक्टर डा. सञ्जय खड्गीका अनुसार यो सम्मेलन नेपालमै पहिलो पटकको ऐतिहासिक कार्यक्रम हो ।
४० देशका दुई सयभन्दा बढी विशेषज्ञहरू सहभागी हुने यो सम्मेलनको उद्देश्य मिर्गौलाको पत्थरी उपचार प्रविधि र शल्यकौशलको आदान–प्रदान गर्ने रहेको छ ।
सम्मेलन अवधिभर १४ जना बिरामीमा मिनि पीसीएनएल प्रविधिबाट लाइभ सर्जरी प्रदर्शन गरिनेछ । सहभागीहरूले शल्यक्रिया प्रत्यक्ष अवलोकन गर्दै सोही विषयमा छलफल गर्ने छन् ।
डा. खड्गीका शब्दमा—
दुई वटा शल्यकक्षबाट लाइभ सर्जरी देखाइनेछ । यसबाट नेपाली चिकित्सकले विश्वस्तरको प्रविधि प्रत्यक्ष सिक्न पाउनेछन् ।
इन्टर्न चिकित्सक दिल्ली हरिजनको जीवनरक्षा गर्न चिकित्सक संघको माग
बुधबार, साउन २०, २०८३
७२ जिल्लामा दुई हजारभन्दा बढीमा डेङ्गु सङ्क्रमण पुष्टि, दुईको मृत्यु
बुधबार, साउन २०, २०८३
कान्ति बाल अस्पतालको निर्देशकमा डा. रामहरी चापागाईं नियुक्त
बुधबार, साउन २०, २०८३
नेपाल फार्मेसी परिषद्को अध्यक्षमा डा. कादिर आलम नियुक्त
बुधबार, साउन २०, २०८३
