नेपाल हेल्थ न्यूज, काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेल स्वास्थ्य लाभपछि अस्पतालबाट डिस्चार्ज भएका छन्। शनिबार अचानक स्वास्थ्यमा समस्या देखिएपछि उहाँलाई महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टर भर्ना गरिएको थियो।
चिकित्सकका अनुसार शनिबार बिहान करिब साढे ११ बजेतिर राष्ट्रपति पौडेललाई स्वास्थ्यमा असहजता महसुस भएपछि तुरुन्तै चिकित्सकीय टोलीले निरीक्षण गरेको थियो। प्राथमिक मूल्याङ्कनपछि थप परीक्षण र उपचारका लागि उहाँलाई मनमोहन सेन्टरमा लगिएको थियो।
एक दिनको निरन्तर निगरानी र उपचारपछि स्वास्थ्य अवस्था स्थिर बनेको अस्पतालले जनाएको छ। आवश्यक परीक्षण र उपचारपछि आज डिस्चार्ज गरिएको हो। शनिबार नै राष्ट्रपति निवास शीतल निवासमा ‘जेन–जि’ प्रतिनिधिहरूसँग वार्ता तय गरिएको थियो। तर, आकस्मिक स्वास्थ्य समस्याका कारण सो कार्यक्रम स्थगित गरी सोमबारका लागि सारिएको राष्ट्रपतिका निजी सचिवालयले जनाएको छ।
राष्ट्रपति पौडेलाई चिकित्सकहरुले केही दिन सामान्य विश्राम र नियमित स्वास्थ्य परीक्षण गर्न सुझाव दिएका छन्।
राष्ट्रपतिले विगतमा समेत केही पटक स्वास्थ्य परीक्षणका लागि अस्पताल धाउनुभएको थियो । उच्च रक्तचाप र हल्का मुटु–सम्बन्धी समस्या रहेको बताइए पनि हाल उहाँ पूर्ण स्वास्थ्य लाभको अवस्थामा हुनुहुन्छ ।
सरकारी तथा गैरसरकारी निकायका प्रतिनिधि, पार्टी नेता र सर्वसाधारणले राष्ट्रपति पौडेलको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्।
नेपाल चिकित्सक संघको अध्यक्षमा डा. बद्री रिजाल विजयी, अन्य पदमा कसको मत कति?
मंगलबार, वैशाख २२, २०८३
नेपाल चिकित्सक संघ निर्वाचन: प्रमुख पदहरूमा अग्रवाल, मल्ल र तिवारीको जित सुनिश्चित
मंगलबार, वैशाख २२, २०८३
काज फिर्ता भएका स्वास्थ्यकर्मीलाई हाजिर हुन मन्त्रालयको निर्देशन
मंगलबार, वैशाख २२, २०८३
योगशिविरमा जुम्ला पुगेका चिकित्सकले शल्यक्रिया गरेपछि...
मंगलबार, वैशाख २२, २०८३

