नेपाल हेल्थ न्युज, काठमाडौं । स्वास्थ्य बीमा बोर्डले नवीकरण नगरेका बीमित परिवारलाई असोज मसान्तपछि लाग्ने थप शुल्कको व्यवस्था हाललाई कार्यान्वयन नगर्न निर्देशन दिएको छ।
बोर्डले यसअघि भदौ ११ गते सूचना प्रकाशित गरी बीमालेख नवीकरण सम्बन्धी कार्यविधि, २०८२ लागू गरिएको जनाएको थियो। कार्यविधिअनुसार असोज मसान्तभित्र नवीकरण नगरेमा थप शुल्क तिर्नुपर्ने प्रावधान थियो।
शुल्क दर म्याद सकिएको अवधिका आधारमा फरक-फरक तोकिएको थियो—तीन महिना भित्र १०%, छ महिना भित्र ३०%, एक वर्षभित्र ५०%, एक वर्षपछि १००%, दुई वर्षपछि तीन गुणा र तीन वर्षपछि चार गुणा योगदान रकम तिर्नुपर्ने व्यवस्था गरिएको थियो।
तर, बोर्डको २०८२ असोज ३० गतेको निर्णयअनुसार, उक्त कार्यविधिको कार्यान्वयनलाई अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको छ। बोर्डले हालको परिस्थितिलाई मध्यनजर गर्दै कार्यान्वयनका लागि आवश्यक संरचना तयार गर्न समय लाग्ने भएकाले यो निर्णय गरेको जनाएको छ।
जलनका बिरामीलाई कीर्तिपुर अस्पतालमा काठमाडौं महानगरको २ लाखसम्मको निःशुल्क उपचार
आइतबार, भदौ २८, २०८३
नुवाकोटमा नेपाल प्रहरीको अस्थायी अस्पताल सञ्चालनमा
आइतबार, भदौ २८, २०८३
टिचिङ अस्पतालमा तीजका दिन नियमित स्वास्थ्य सेवा बन्द हुने
आइतबार, भदौ २८, २०८३
अस्पतालबाहिर सुत्केरी गराइएको घटनामा छ कर्मचारीमाथि कारबाही
आइतबार, भदौ २८, २०८३
