नेपाल हेल्थ न्युज, काठमाडौं । सरकारले विभिन्न मुलुकमा कार्यरत ११ जना नेपाली राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले अघिल्लो सरकारका पालामा नियुक्त गरिएका राजदूतहरुलाई फिर्ता बोलाउने निर्णय गरेको हो।
फिर्ता बोलाइने राजदूतहरूमध्ये साढे १० महिनाअघि मात्रै जर्मनीका लागि नियुक्त डा. शैल रुपाखेती पनि परेका छन्। उनी चिकित्सकीय पृष्ठभूमिबाट राजदूतमा नियुक्त भएका थिए।
अन्य फिर्ता हुने राजदूतहरूमा चीनका लागि कृष्णप्रसाद ओली, इजरायलका लागि डा. धनप्रसाद पण्डित, मलेसियाका लागि डा. नेत्रप्रसाद तिमल्सेना, कतारका लागि रमेशचन्द्र पौडेल, रुसका लागि जंगबहादुर चौहान, साउदी अरबका लागि नरेश विक्रम ढकाल, स्पेनका लागि शलिन नेपाल, बेलायतका लागि डा. चन्द्रकुमार घिमिरे, अमेरिका लागि डा. लोकदर्शन रेग्मी र जापानका लागि डा. दुर्गाबहादुर सुवेदी रहेका छन्।
सरकारले ती सबै राजदूतहरूलाई २० कात्तिक भित्र स्वदेश फर्कन निर्देशन दिएको छ। मन्त्रिपरिषद् निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले भने, “११ देशका राजदूतलाई फिर्ता बोलाउने निर्णय भएको छ, र उनीहरूले तोकिएको म्यादभित्र स्वदेश फर्कनुपर्नेछ।”
नेपाल फार्मेसी परिषद्को अध्यक्षमा डा. कादिर आलम नियुक्त
बुधबार, साउन २०, २०८३
एक थोपा रगतले बच्न सक्छ जीवनः चिरायु अस्पताल र लायन्स क्लबको संयुक्त रक्तदान अभियान
बुधबार, साउन २०, २०८३
देशभर ‘एन्टी स्नेक भेनम’को अभाव, ८५० बिरामीको उपचार पुग्ने मात्रै मौज्दात
मंगलबार, साउन १९, २०८३
इन्टर्न चिकित्सक डिल्ली हरिजन आमरण अनशनमा
मंगलबार, साउन १९, २०८३
