नेपाल हेल्थ न्युज, काठमाडौं । सरकारले विभिन्न मुलुकमा कार्यरत ११ जना नेपाली राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले अघिल्लो सरकारका पालामा नियुक्त गरिएका राजदूतहरुलाई फिर्ता बोलाउने निर्णय गरेको हो।
फिर्ता बोलाइने राजदूतहरूमध्ये साढे १० महिनाअघि मात्रै जर्मनीका लागि नियुक्त डा. शैल रुपाखेती पनि परेका छन्। उनी चिकित्सकीय पृष्ठभूमिबाट राजदूतमा नियुक्त भएका थिए।
अन्य फिर्ता हुने राजदूतहरूमा चीनका लागि कृष्णप्रसाद ओली, इजरायलका लागि डा. धनप्रसाद पण्डित, मलेसियाका लागि डा. नेत्रप्रसाद तिमल्सेना, कतारका लागि रमेशचन्द्र पौडेल, रुसका लागि जंगबहादुर चौहान, साउदी अरबका लागि नरेश विक्रम ढकाल, स्पेनका लागि शलिन नेपाल, बेलायतका लागि डा. चन्द्रकुमार घिमिरे, अमेरिका लागि डा. लोकदर्शन रेग्मी र जापानका लागि डा. दुर्गाबहादुर सुवेदी रहेका छन्।
सरकारले ती सबै राजदूतहरूलाई २० कात्तिक भित्र स्वदेश फर्कन निर्देशन दिएको छ। मन्त्रिपरिषद् निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले भने, “११ देशका राजदूतलाई फिर्ता बोलाउने निर्णय भएको छ, र उनीहरूले तोकिएको म्यादभित्र स्वदेश फर्कनुपर्नेछ।”
घरमै बसी-बसी तौल घटाउन खोज्दै हुनुहुन्छ? यी ५ टिप्स अपनाउनुहोस्!
बुधबार, कात्तिक ११, २०८३
बागमती प्रदेशको स्वास्थ्य सचिव डा. गौतमको सरुवा
बुधबार, कात्तिक ११, २०८३
वीर अस्पतालसहित ४ स्वास्थ्य संस्थालाई शल्यक्रिया सिकाउने उपकरण सहयोग
बुधबार, कात्तिक ११, २०८३
स्वास्थ्य क्षेत्रलाई उच्च सतर्कतामा रहन निर्देशन
बुधबार, कात्तिक ११, २०८३
