नेपाल हेल्थ न्युज, विराटनगर । विराट मेडिकल कलेज शिक्षण अस्पताल र आन्दोलनरत स्वास्थ्यकर्मीहरूबीच चार बुँदे सहमति बनेसँगै आन्दोलन स्थगित भएको छ। सहमति सहायक प्रमुख जिल्ला अधिकारी सरोज कोइराला र अस्पतालका प्रशासकीय अधिकृत रामप्रसाद लुइँटेलको रोहबरमा भएको छलफलपछि प्राप्त भएको हो।
सम्झौतामा स्वास्थ्य मन्त्रालयबाट प्राप्त पत्रअनुसार पारिश्रमिक र सुविधा कार्यान्वयनका लागि पहल गरिने उल्लेख छ। अस्पताल प्रशासनले पनि सम्बन्धित निकायसँग समन्वय गरी आवश्यक व्यवस्था मिलाउने प्रतिबद्धता जनाएको छ।
स्वास्थ्यकर्मी तथा कर्मचारीहरूले उठाएका गुनासाहरूलाई क्रमिक रूपमा समाधान गर्ने सहमति भएको छ। साथै, प्रशासनले आन्दोलनका क्रममा भएका गतिविधिलाई लिएर कुनै पूर्वाग्रह वा प्रतिशोध नराख्ने स्पष्ट पारेको छ।
सहमति भएसँगै आन्दोलनरत स्वास्थ्यकर्मीहरू आजैदेखि आफ्नो नियमित काममा फर्किने भएका छन्। अस्पतालको सम्पूर्ण सेवा फेरि पूर्ण रूपमा सञ्चालनमा आउने छ।
केही दिनदेखि आंशिक रूपमा प्रभावित स्वास्थ्य सेवा सहमतिपछि पुनः सुचारु हुने भएको हो। अस्पताल प्रशासनले संवाद र सहकार्यको माध्यमबाट समस्याको समाधान गर्ने प्रतिबद्धता पुनः दोहोर्याएको छ।
स्वास्थ्यकर्मीमाथि हुने आक्रमण रोक्न सुरक्षा समन्वय समिति फेरि सक्रिय गरिने
मंगलबार, साउन १२, २०८३
बेबी पाउडर जोन्सन एन्ड जोन्सनले ट्याल्क मुद्दा मिलाउन ५.५ अर्ब डलर तिर्ने प्रस्ताव
मंगलबार, साउन १२, २०८३
लुम्बिनी प्रादेशिक अस्पतालमा स्वास्थ्यकर्मी माग, कुन पदमा कति ?
मंगलबार, साउन १२, २०८३
नारायणी अस्पतालका चिकित्सकको सामूहिक राजीनामा, आकस्मिक सेवा पनि बन्द
मंगलबार, साउन १२, २०८३
