नेपाल हेल्थ न्युज, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्व अतिरिक्त स्वास्थ्य सचिव डा. संगीता मिश्रविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। स्वास्थ्य सेवा विभागको महानिर्देशक रहेका बेला भएको खरिद प्रक्रियासम्बन्धी अनियमिततामा संलग्न रहेको अभियोगमा उनीविरुद्ध कारबाही अगाडि बढाइएको हो।
अख्तियार स्रोतका अनुसार विशेष अदालतमा मिश्राविरुद्धको आरोपपत्र भर्खरै पेश गरिएको छ। “फाइल रुजु गरी दर्ता गर्ने प्रक्रिया चलिरहेको छ,” अख्तियारका एक अधिकारीले जानकारी दिए।
डा. मिश्र केही समयअघि जेन–जीको आन्दोलनपछिको सरकारमा स्वास्थ्यमन्त्री बन्ने चर्चामा थिइन्। उनी स्वास्थ्य सचिव बन्ने आकांक्षामा पनि रहेकी थिइन्। तर, सरकारले सो पदमा डा. विकास देवकोटालाई नियुक्त गरेपछि उनी बिदामा बसेकी थिइन्। पछिल्लो समय मन्त्रालयको गतिविधिमा सक्रिय देखिएकी मिश्राले मन्त्री पदको चर्चा चुलिएसँगै राजीनामा दिएकी थिइन्।
स्वाभाविक स्वास्थ्यमन्त्रीको दाबेदारको रूपमा चर्चा भइरहेका बेला अख्तियारले प्रधानमन्त्री सुशीला कार्की निकट संयन्त्रलाई अनुसन्धान अन्तिम चरणमा पुगेको जानकारी गराएको स्रोतले बतायो। त्यसपछि उनको नाम मन्त्रीका लागि अघि नबढाइएको हो।
अख्तियारले हाल पेस गरेको मुद्दा स्वास्थ्य सेवा विभागको खरिदमा भएको अनियमिततासँग सम्बन्धित रहेको जनाएको छ।
एक थोपा रगतले बच्न सक्छ जीवनः चिरायु अस्पताल र लायन्स क्लबको संयुक्त रक्तदान अभियान
बुधबार, साउन २०, २०८३
देशभर ‘एन्टी स्नेक भेनम’को अभाव, ८५० बिरामीको उपचार पुग्ने मात्रै मौज्दात
मंगलबार, साउन १९, २०८३
इन्टर्न चिकित्सक डिल्ली हरिजन आमरण अनशनमा
मंगलबार, साउन १९, २०८३
सरकारी अस्पतालमा रेबिज खोप अभावबारे सांसद कुँवरले सरकारसँग मागिन् जवाफ
मंगलबार, साउन १९, २०८३
