नेपाल हेल्थ न्युज, काठमाडौँ । देशभर नर्सहरू तलब र सेवा सुविधाको माग गर्दै आन्दोलनरत भइरहेका बेला नर्भिक इन्टरनेसनल अस्पतालले आफ्ना नर्सिङ कर्मचारीको पारिश्रमिक वृद्धि गरेको छ।
अस्पतालले विज्ञप्ति जारी गर्दै बिरामीको सेवामा अहोरात्र खटिने नर्सिङ कर्मचारीको भूमिकालाई कदर गर्दै पारिश्रमिक वृद्धि गरेको जानकारी दिएको छ। अस्पतालले स्नातक तह अध्ययन गरेका नर्सहरूको न्यूनतम तलब ३७ हजार रुपियाँ कायम गरेको र निर्णय कात्तिक १ गतेदेखि लागू भएको जनाएको छ।
यो निर्णय नर्भिकले चालु आर्थिक वर्षमा दोस्रो पटक पारिश्रमिक पुनर्मूल्याङ्कन गरेको हो। तर, स्वास्थ्य क्षेत्रका जानकारहरूका अनुसार यो कदम नर्भिकले स्वतः पहलका रूपमा मात्र होइन, हाल देशभर फैलिँदै गएको नर्स आन्दोलनको दबाबका कारण पनि लिनु परेको हो।
हाल सरकारी र निजी अस्पतालका नर्सहरू अत्यन्त न्यून तलब र असमान पारिश्रमिकका विरुद्ध आन्दोलनमा छन्। उनीहरूले “न्यायोचित तलब” र “पेशाको सम्मान”को माग गर्दै स्वास्थ्य मन्त्रालय र निजी अस्पताल सञ्चालक संघलाई बारम्बार ध्यानाकर्षण गराउँदै आएका छन्।
स्वास्थ्यकर्मी सरोकार समूहका अनुसार नर्भिकले नर्सहरूको तलब वृद्धि गरेर “सकारात्मक उदाहरण” प्रस्तुत गरेको छ, तर यो कदम अन्य ठूला निजी अस्पतालहरूले पनि अनुकरण गर्नुपर्ने आवश्यकता देखिएको छ।
अखिल नेपाल नर्सिङ संघका एक प्रतिनिधिले भने, “हामीलाई खुशी छ कि नर्भिकले आफ्नो नर्सको तलब बढाएको छ, तर यो सम्पूर्ण नर्सिङ पेशाकै जीत होइन। देशभरका नर्सका लागि न्यूनतम पारिश्रमिक मापदण्ड कानुनीरूपमा लागू हुनुपर्छ।”
गत महिना भएको जेन–जी आन्दोलनका घाइतेहरूको निःशुल्क उपचार गर्ने क्रममा नर्भिकका नर्सिङ र मेडिकल कर्मचारीहरूले देखाएको सेवाभावको पनि अस्पतालले प्रशंसा गरेको छ।
तर, स्वास्थ्यकर्मीहरू भन्छन्— नर्सहरूको योगदान कदर गर्न पारिश्रमिक वृद्धि मात्र पर्याप्त छैन, अस्पतालहरूले उनीहरूको कार्यघण्टा, बीमा, र सुरक्षा व्यवस्था पनि सुधार गर्नुपर्नेछ।
नेपाल नर्सिङ काउन्सिलको नेतृत्वमा तीन नयाँ पदाधिकारी नियुक्त
शुक्रबार, साउन २२, २०८३
चिकित्सकको लाइसेन्स परीक्षाको नतिजा सार्वजनिक: विदेशमा अध्ययन गरेका धेरै अनुत्तीर्ण
शुक्रबार, साउन २२, २०८३
फ्रन्टलाइनमा पहिलोपटक सफल मिनिमली इन्भेसिभ ओपन हार्ट सर्जरी
शुक्रबार, साउन २२, २०८३
नेपाल फार्मेसी परिषद्को रजिस्ट्रारमा हरिश सिंह थापा नियुक्त
शुक्रबार, साउन २२, २०८३
