नेपाल हेल्थ न्युज, काठमाडौं । गाजामा लामो समयदेखि जारी युद्धका कारण स्वास्थ्य संरचना लगभग पूर्ण रूपमा ध्वस्त भएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले जनाएको छ। संस्थाका अनुसार स्वास्थ्य सेवा पुनःस्थापना गर्न कम्तीमा सात अर्ब अमेरिकी डलर आवश्यक पर्नेछ।
डब्लुएचओका महानिर्देशक टेड्रोस एड्हानोम गेहब्रेयससले गाजामा भएको इजरायली आक्रमणका क्रममा अस्पतालहरू पनि क्षतिग्रस्त भएको बताएका छन्। उनका अनुसार हाल गाजामा कुनै पनि अस्पताल पूर्ण क्षमतामा सञ्चालनमा छैनन्। कुल ३६ अस्पतालमध्ये १४ मात्र आंशिक रूपमा सेवा दिन सक्षम छन्।
स्वास्थ्य संस्थाका अनुसार अहिले गाजामा औषधि, उपचार उपकरण र दक्ष स्वास्थ्यकर्मीको गम्भीर अभाव छ। यी सबै अभावका कारण सामान्य उपचारदेखि आपतकालीन सेवा सञ्चालन गर्नसमेत कठिनाइ भएको डब्लुएचओले जनाएको छ।
प्रकाशित मिति: शुक्रबार, कात्तिक ७, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
एक थोपा रगतले बच्न सक्छ जीवनः चिरायु अस्पताल र लायन्स क्लबको संयुक्त रक्तदान अभियान
बुधबार, साउन २०, २०८३
देशभर ‘एन्टी स्नेक भेनम’को अभाव, ८५० बिरामीको उपचार पुग्ने मात्रै मौज्दात
मंगलबार, साउन १९, २०८३
इन्टर्न चिकित्सक डिल्ली हरिजन आमरण अनशनमा
मंगलबार, साउन १९, २०८३
सरकारी अस्पतालमा रेबिज खोप अभावबारे सांसद कुँवरले सरकारसँग मागिन् जवाफ
मंगलबार, साउन १९, २०८३
अनसनरत नर्स ज्योति रानाभाटसँग सरकारको वार्ता निष्कर्षविहीन, अनसन छैटौं दिनमा
मंगलबार, साउन १९, २०८३ट्रेन्डिङ
