नेपाल हेल्थ न्युज, काठमाडौं । नेपाल चिकित्सक संघले इमाडोलस्थित किष्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालमा चिकित्सक र स्वास्थ्यकर्मीमाथि भएको कुटपिट र तोडफोडको घटनाप्रति गम्भीर ध्यानाकर्षण जनाएको छ।
गत ८ कात्तिकका दिन खोटाङको हलेसी तुवाचुङ नगरपालिका–९ की ३४ वर्षीया मिनाश्री राईको सुत्केरी उपचारका क्रममा मृत्यु भएपछि पीडित परिवार र आफन्तका रूपमा रहेका केही व्यक्तिहरूले सोमबार अस्पतालमा तोडफोड गर्दै चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि आक्रमणको प्रयास गरेको जनाइएको छ।
संघका महासचिव डा. सञ्जीव तिवारीले जारी गरेको विज्ञप्तिमा भनिएको छ — “उपचारमा लापरवाही भएको शंका भएमा कानूनी प्रक्रिया अघि बढाउने स्पष्ट व्यवस्था हुँदाहुँदै बल प्रयोग, कुटपिट र अस्पतालमा क्षति पु-याउने कार्य अस्वीकार्य छन्।” उनले यस्ता घटनाले स्वास्थ्यकर्मीहरूको मनोबलमा नकारात्मक असर पार्दै सम्पूर्ण स्वास्थ्य सेवा प्रवाहमा बाधा पुर्याउने चेतावनी दिएका छन्।
चिकित्सक संघले किष्ट मेडिकल कलेजमा भएको घटनालाई अस्पतालजस्तो संवेदनशील क्षेत्रभित्र घटेको गम्भीर अपराधको रूपमा व्याख्या गर्दै ‘स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्था सुरक्षा ऐन, २०६६ (पहिलो संशोधन २०७९)’ अनुसार दोषीमाथि कडा कारबाही गर्न सरकारसँग माग गरेको छ। साथै, स्वास्थ्यकर्मीहरूले सुरक्षित र भयरहित वातावरणमा सेवा दिन सक्ने अवस्था सुनिश्चित गर्न पनि संघले आग्रह गरेको छ।
टिचिङ अस्पतालमा तीजका दिन नियमित स्वास्थ्य सेवा बन्द हुने
आइतबार, भदौ २८, २०८३
अस्पतालबाहिर सुत्केरी गराइएको घटनामा छ कर्मचारीमाथि कारबाही
आइतबार, भदौ २८, २०८३
नर्भिकले ४२ दशमलब १०५ प्रतिशत लाभांश वितरण गर्ने
आइतबार, भदौ २८, २०८३

