नेपाल हेल्थ न्युज, काठमाडौं । बागमती प्रदेश सरकारअन्तर्गतका विभिन्न जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुखहरूको सरुवा गरिएको छ। बागमती प्रदेश स्वास्थ्य मन्त्रालयको सिफारिसमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सरुवा सम्बन्धी निर्णय गरेको हो।
मन्त्रालय स्रोतका अनुसार ललितपुर जिल्ला जनस्वास्थ्य कार्यालयमा मन्त्रालयका प्रवक्ता तथा जनस्वास्थ्य प्रशासक डा. खगेश्वर गेलाल सरुवा भएका छन्। यसअघि ललितपुरमा प्रमुखका रूपमा कार्यरत डा. भुवन पौडेललाई बागमती प्रदेश स्वास्थ्य मन्त्रालयमा सरुवा गरिएको छ।
त्यस्तै, स्वास्थ्य निर्देशनालयमा कार्यरत अर्जुन पौडेललाई धादिङ जिल्ला जनस्वास्थ्य कार्यालयमा पठाइएको छ। धादिङमा कार्यरत जितेन्द्रकुमार शाहलाई हेटौँडास्थित स्वास्थ्य मन्त्रालयमा सरुवा गरिएको छ।
यसैगरी, मकवानपुर जिल्ला जनस्वास्थ्य कार्यालयमा किरण श्रेष्ठको सरुवा भएको छ। त्यो क्रममा, चितवन जनस्वास्थ्य कार्यालयको प्रमुखमा निर्देशनालयमा कार्यरत जनस्वास्थ्य प्रशासक निर्मल घिमिरेलाई जिम्मेवारी दिइएको छ। पहिले सो कार्यालयका प्रमुख दिनेश रुपाखेतीलाई स्वास्थ्य निर्देशनालयमा सरुवा गरिएको मन्त्रालय स्रोतले जनाएको छ।
चितवनका सरकारी अस्पतालमा बिरामीकाे भार
शुक्रबार, जेठ २९, २०८३
नेपाल आँखा अस्पतालको सेवा आइतबार पनि
शुक्रबार, जेठ २९, २०८३
स्वास्थ्य मन्त्रालयद्वारा क्यान्सरको औषधी सहज उपलब्ध गराउने
शुक्रबार, जेठ २९, २०८३
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बिग्रिएका हेमोडायलासिस मेसिन सञ्चालनमा
शुक्रबार, जेठ २९, २०८३

