नेपाल हेल्थ न्युज, कास्की । निजी स्वास्थ्य संस्था र मेडिकल कलेजमा कार्यरत नर्सहरूले तलब–सुविधा समानताको मागसहित सुरु गरेको आन्दोलनमा अहिले सरकारी अस्पतालका नर्स पनि साथमा उभिएका छन्।
बुधबार पोखरा–१२ रामघाटस्थित पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका नर्सहरूले बिहान १० बजेदेखि १२ बजेसम्म आपतकालीन (इमर्जेन्सी) र आईसीयूबाहेकका सेवा स्थगित गर्दै ऐक्यबद्धता प्रदर्शन गरेका थिए। करिब दुई सयजना नर्सले काम रोक्दै अस्पताल परिसरमा भेला भएर आफ्नो समर्थन व्यक्त गरे।
नेपाल मणिपाल शिक्षण अस्पताल, फूलबारी पोखराका नर्सले सुरु गरेको आन्दोलनको प्रभाव अहिले देशका विभिन्न जिल्लासम्म फैलिएको छ। नेपाल नर्सिङ संघले आन्दोलनको नेतृत्व लिँदै माग सम्बोधनका लागि सरकारले कात्तिक १८ गतेसम्म समय पाएको जनाएको छ।
संघले यही अवधिसम्म दैनिक बिहान १० बजेदेखि दिउँसो १२ बजेसम्म अत्यावश्यकबाहेकका सेवा बन्द राख्ने कार्यक्रम तय गरेको छ। सो निर्णयअनुसार बुधबार देशभरका धेरै अस्पतालका नर्सहरूले दुई घण्टा सेवा रोकेका छन्।
निजी स्वास्थ्य संस्थामा काम गर्ने नर्सहरू सरकारी अस्पतालमा कार्यरत नर्सको सरह पारिश्रमिक र सुविधा माग गर्दै आन्दोलनरत छन्। तर, अस्पताल सञ्चालक पक्षले भने त्यस्तो सुविधा उपलब्ध गराउने अवस्था नरहेको दाबी गर्दै आएका छन्।
यसैबीच, नर्सहरूको मागबारे अध्ययन गर्न सरकारले एक उच्चस्तरीय समिति गठन गरेको छ। उक्त समितिले सातै प्रदेशमा छुट्टाछुट्टै कार्यदल बनाएर स्थानीय अवस्थाको मूल्यांकन गर्न र दीर्घकालीन समाधानका सुझावसहित प्रतिवेदन तयार पार्ने जिम्मेवारी दिएको छ। नर्सहरूले कात्तिक १८ भित्र माग सम्बोधन नभए सेवा पूर्णरूपमा बन्द गर्ने चेतावनी दिएका छन्।
ग्रान्डी इन्टरनेशनल अस्पतालका नर्स तथा स्वास्थ्यकर्मीहरूको आन्दोलन हेर्नुहोस्
जलनका बिरामीलाई कीर्तिपुर अस्पतालमा काठमाडौं महानगरको २ लाखसम्मको निःशुल्क उपचार
आइतबार, भदौ २८, २०८३
नुवाकोटमा नेपाल प्रहरीको अस्थायी अस्पताल सञ्चालनमा
आइतबार, भदौ २८, २०८३
टिचिङ अस्पतालमा तीजका दिन नियमित स्वास्थ्य सेवा बन्द हुने
आइतबार, भदौ २८, २०८३
अस्पतालबाहिर सुत्केरी गराइएको घटनामा छ कर्मचारीमाथि कारबाही
आइतबार, भदौ २८, २०८३
