नेपाल हेल्थ न्युज, काठमाडौं । नेपालभर नर्सिङ पेशामा कार्यरत स्वास्थ्यकर्मीहरूले उठाएका मागप्रति नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ऐक्यबद्धता जनाउँदै ती मागहरू छिट्टै सम्बोधन गर्न सरकारलाई अनुरोध गरेका छन्।
हाल देशभरका झण्डै डेढ लाख नर्सहरू तलबमानअनुसारको पारिश्रमिक नपाउनु, कार्यस्थलमा असमान व्यवहार, कर्मचारी अभावका कारण अत्यधिक कार्यदबाब, अस्थायी करार रोजगार, सामाजिक सुरक्षाको कमी, र सुरक्षाको अभावजस्ता समस्याले पीडित छन्। यी समस्याहरूका विरुद्ध नर्सहरूले चरणबद्ध आन्दोलन गरिरहेका छन्।
अध्यक्ष प्रचण्डले नर्सहरूको आन्दोलन न्यायोचित रहेको उल्लेख गर्दै, उनीहरूको सम्मान, पेशागत अधिकार र सुरक्षाको सुनिश्चितता बिना नेपालको जनस्वास्थ्य प्रणाली सुदृढ हुन नसक्ने बताएका छन्।
उनका अनुसार, नर्सहरू स्वास्थ्य सेवा प्रणालीको मेरुदण्ड हुन् र उनीहरूका उचित मागहरू राज्यले गम्भीरतापूर्वक लिनुपर्छ। उनले आफ्नो पार्टी नर्सहरूको पक्षमा रहेको र सरकारलाई तिनका मागहरू तत्काल सम्बोधन गर्न आग्रह गरिएको पनि बताएका छन्।
देशभर ‘एन्टी स्नेक भेनम’को अभाव, ८५० बिरामीको उपचार पुग्ने मात्रै मौज्दात
मंगलबार, साउन १९, २०८३
इन्टर्न चिकित्सक डिल्ली हरिजन आमरण अनशनमा
मंगलबार, साउन १९, २०८३
सरकारी अस्पतालमा रेबिज खोप अभावबारे सांसद कुँवरले सरकारसँग मागिन् जवाफ
मंगलबार, साउन १९, २०८३
अनसनरत नर्स ज्योति रानाभाटसँग सरकारको वार्ता निष्कर्षविहीन, अनसन छैटौं दिनमा
मंगलबार, साउन १९, २०८३
