नेपाल हेल्थ न्युज, काठमाडौं । नेपालभर नर्सिङ पेशामा कार्यरत स्वास्थ्यकर्मीहरूले उठाएका मागप्रति नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ऐक्यबद्धता जनाउँदै ती मागहरू छिट्टै सम्बोधन गर्न सरकारलाई अनुरोध गरेका छन्।
हाल देशभरका झण्डै डेढ लाख नर्सहरू तलबमानअनुसारको पारिश्रमिक नपाउनु, कार्यस्थलमा असमान व्यवहार, कर्मचारी अभावका कारण अत्यधिक कार्यदबाब, अस्थायी करार रोजगार, सामाजिक सुरक्षाको कमी, र सुरक्षाको अभावजस्ता समस्याले पीडित छन्। यी समस्याहरूका विरुद्ध नर्सहरूले चरणबद्ध आन्दोलन गरिरहेका छन्।
अध्यक्ष प्रचण्डले नर्सहरूको आन्दोलन न्यायोचित रहेको उल्लेख गर्दै, उनीहरूको सम्मान, पेशागत अधिकार र सुरक्षाको सुनिश्चितता बिना नेपालको जनस्वास्थ्य प्रणाली सुदृढ हुन नसक्ने बताएका छन्।
उनका अनुसार, नर्सहरू स्वास्थ्य सेवा प्रणालीको मेरुदण्ड हुन् र उनीहरूका उचित मागहरू राज्यले गम्भीरतापूर्वक लिनुपर्छ। उनले आफ्नो पार्टी नर्सहरूको पक्षमा रहेको र सरकारलाई तिनका मागहरू तत्काल सम्बोधन गर्न आग्रह गरिएको पनि बताएका छन्।
घरमै बसी-बसी तौल घटाउन खोज्दै हुनुहुन्छ? यी ५ टिप्स अपनाउनुहोस्!
बुधबार, कात्तिक ११, २०८३
बागमती प्रदेशको स्वास्थ्य सचिव डा. गौतमको सरुवा
बुधबार, कात्तिक ११, २०८३
वीर अस्पतालसहित ४ स्वास्थ्य संस्थालाई शल्यक्रिया सिकाउने उपकरण सहयोग
बुधबार, कात्तिक ११, २०८३
स्वास्थ्य क्षेत्रलाई उच्च सतर्कतामा रहन निर्देशन
बुधबार, कात्तिक ११, २०८३
