नेपाल हेल्थ न्युज, काठमाडौं । ललितपुरस्थित किष्ट अस्पतालमा सुत्केरी मिनाश्री राईको मृत्यु भएपछि उनका शव अन्तिम संस्कारका लागि खोटाङ लैजान तयारी भइरहेको छ। मृतकका परिवार र अस्पतालबीच समझदारी भएपछि उक्त निर्णय भएको हो।
घटना गत शुक्रबार राति भएको थियो। मृतकका दाजु देवेन्द्र राईका अनुसार, मिनाश्री बिहान ९ बजे सुत्केरी गराउन अस्पताल भर्ना भएकी थिइन्। तर साँझसम्म पनि बच्चा जन्मिएको थिएन। राति साढे ९ बजे, इन्टर्नसिप गरिरहेका चिकित्सकले बिना सल्लाह नर्मल डेलिभरी गराउँदा अत्यधिक रगत बगेर मिनाश्रीको मृत्यु भएको थियो।
घटनापछि मृतकका परिवारले अस्पतालको लापरबाहीविरुद्ध प्रदर्शन गरे। आक्रोशित भीडले अस्पतालमा तोडफोड गरेपछि प्रहरीले लाठीचार्ज र अश्रुग्यास प्रयोग गरेको थियो।
यस विवादपछि अस्पताल प्रशासनले मृतकका दुई बच्चालाई १२ कक्षासम्म निःशुल्क पढाइ उपलब्ध गराउने र परिवारलाई १५ वर्षसम्म स्वास्थ्य सेवा दिने सहमति गरेको छ। देवेन्द्र राईका अनुसार, “अस्पतालसँग सहमति भएपछि बहिनीको शव खोटाङ लैजान तयारी भइरहेको छ। हेलिकप्टरको व्यवस्था पनि मिलाइएको छ, तर खराब मौसमका कारण अहिलेसम्म लैजान सकिएको छैन।”
देवेन्द्र राईले अस्पतालको चरम लापरबाहीको आरोप लगाउँदै भने, “हामीलाई झुक्याउन राति दुई पटक अपरेशनको नाटक समेत भयो। ओभर ब्लिडिङका कारण बहिनीको ज्यान गयो। हामीले सबै प्रयास गर्यौं, तर उनलाई बचाउन सकेनौं।”
डा. केशर ढकालले सरकारी सेवाबाट लिए अवकाश
शुक्रबार, असार ५, २०८३
शिक्षण अस्पतालमा करार सेवाका लागि विभिन्न पदमा दरखास्त आह्वान
शुक्रबार, असार ५, २०८३
भरतपुर अस्पतालमा बिरामी चाप बढ्दो
शुक्रबार, असार ५, २०८३
वी पी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई पूर्ण विश्वविद्यालयमा रूपान्तरण गर्न माग
शुक्रबार, असार ५, २०८३
