नेपाल हेल्थ न्युज, काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई अब सिंहदरबार परिसरमा सार्ने तयारी शुरु भएको छ। मन्त्रालयलाई हालको स्थानबाट नेपाली सेनाको नर्सिङ दल गणको खाली जग्गामा सार्ने योजना बनाइएको हो।
मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार, सो जग्गामा अस्थायी ‘प्रिफ्याब’ भवन निर्माण भइरहेको छ। “नेपाली सेनाको गण उत्तरतर्फ सरेपछि त्यहाँ छ वटा प्रिफ्याब भवन निर्माण भइरहेको छ।
बाँकी खाली रहेको भवनमा रङ र कार्पेटिङ गरेर कार्यालय सञ्चालन गर्ने योजना छ,” उहाँले जानकारी दिनुभयो।
प्रवक्ता बुढाथोकीले मन्त्रालय दुई हप्ताभित्र नयाँ संरचनामा सर्न सक्ने र मङ्सिर १ गतेदेखि सम्भावित रूपमा संचालन शुरु हुने बताउनुभयो। उहाँले भन्नुभयो, “सिंहदरबारभित्र नयाँ संसद् भवन बनेपछि हालको संसद् सचिवालयको भवनलाई स्वास्थ्य मन्त्रालयको स्थायी कार्यालयका रूपमा प्रयोग गर्ने विषयमा छलफल भइरहेको छ।”
भदौ २४ गते जेनजी आन्दोलनको आगलागीका कारण रामशाहपथस्थित स्वास्थ्य मन्त्रालयको भवन जलेर ध्वस्त भएको थियो। हाल मन्त्रालयले आफ्नो कार्यालय नेपाल स्वास्थ्य अनुसन्धान परिषद् (एनएचआरसी) को नयाँ भवनबाट सञ्चालन गर्दै आएको छ।

स्वास्थ्यकर्मीमाथि हुने आक्रमण रोक्न सुरक्षा समन्वय समिति फेरि सक्रिय गरिने
मंगलबार, साउन १२, २०८३
बेबी पाउडर जोन्सन एन्ड जोन्सनले ट्याल्क मुद्दा मिलाउन ५.५ अर्ब डलर तिर्ने प्रस्ताव
मंगलबार, साउन १२, २०८३
लुम्बिनी प्रादेशिक अस्पतालमा स्वास्थ्यकर्मी माग, कुन पदमा कति ?
मंगलबार, साउन १२, २०८३
नारायणी अस्पतालका चिकित्सकको सामूहिक राजीनामा, आकस्मिक सेवा पनि बन्द
मंगलबार, साउन १२, २०८३
