नेभिगेशन
स्वास्थ्य सेवाको आधार: नर्सहरूको उचित तलब र सुविधा

नेपालका नर्सहरूको तलब विश्वका शीर्ष १० मुलुकसँग तुलना गर्दा निकै कम

देशभर नर्सहरू आन्दोलनमा: न्यूनतम तलब र सुविधा सुनिश्चित गर्न माग

नेपाल हेल्थ न्युज, काठमाडौं। देशभरका नर्सहरू न्यूनतम तलब, भत्ता र सेवा–सुविधा सुनिश्चित गर्न माग गर्दै सडकमा उत्रिएका छन्। सरकारी, निजी तथा सामुदायिक अस्पतालमा कार्यरत नर्सहरूले ऐक्यबद्धता जनाउँदै प्रदर्शन गरेका छन्।

नर्सिङ संघले १५ बुँदे माग अघि सारेको छ, जसमा सरकारी स्वास्थ्यकर्मी सरह पारिश्रमिक, अतिरिक्त कामको भत्ता, पारदर्शी तलब भुक्तानी प्रणाली र स्वास्थ्य पेशेवरको रूपमा मान्यता समावेश छन्। नर्सिङ संघले चेतावनी दिएको छ कि १८ कात्तिकसम्म माग सम्बोधन नभए थप कठोर कदम चालिनेछ।

विशेषगरी, नर्सहरूले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २०८२ असोज २४ गते जारी गरेको पत्र अनुसारको निर्णय तुरुन्त कार्यान्वयन गर्नुपर्ने र आफूहरूलाई “श्रमिक” होइन “स्वास्थ्य पेशेवर” का रूपमा स्वास्थ्य ऐनअन्तर्गत समावेश गर्नुपर्ने माग गरेका छन्। अन्तर्राष्ट्रिय तथ्यांक अनुसार, शीर्ष १० देशमा नर्सहरूको औसत वार्षिक तलब यसप्रकार छः

  • स्विट्जरल्यान्ड –  $१०७,४८७ प्रति वर्ष
  •  लक्जेम्बर्ग –  $९८,७९९
  •   डेनमार्क –  $८८,७८८
  •   संयुक्त राज्य अमेरिका (US) –  $८५,०००
  •  अस्ट्रेलिया –  $८०,०००
  •   क्यानडा –  $७५,०००
  •  नर्वे –  $७२,०००
  •  आयरल्यान्ड –  $६८,०००
  •  युनाइटेड किङडम (UK) –  $६५,०००
  •  जर्मनी –  $६०,०००

नेपालमा हाल नर्सहरूको तलब र भत्ताको अवस्था यी मुलुकहरूसँग तुलना गर्दा निकै कम रहेको छ। पेशागत जोखिम र दीर्घकालीन स्वास्थ्य सेवामा योगदानका बाबजुद पनि न्यूनतम पारिश्रमिक, अतिरिक्त कामको भत्ता र सेवा–सुविधा अझै सुनिश्चित छैनन्।

विशेषज्ञहरूका अनुसार, उचित तलब र सुविधा नहुँदा नर्सहरूको पेशागत मनोबल घट्छ, स्वास्थ्य सेवा गुणस्तर प्रभावित हुन्छ र बढी संख्या मा विशेषज्ञहरूको आप्रवासन हुने सम्भावना बढ्छ। एक अस्पतालकी नर्स भन्छिन्, “हाम्रो पेशाको सम्मान र उचित पारिश्रमिक सुनिश्चित नभएसम्म आन्दोलन जारी रहनेछ।”

ग्रान्डी इन्टरनेशनल अस्पतालका नर्स तथा स्वास्थ्यकर्मीहरूको आन्दोलन हेर्नुहोस् :

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप हेल्थ अपडेट