नेपाल हेल्थ न्युज, काठमाडौं । मधेसका केही निजी अस्पतालका स्वास्थ्यकर्मीहरूले आफ्नो रोजगारीमा भइरहेका असमानता र अधिकार हननको विरोधमा आन्दोलन सुरु गरेका छन्। उनीहरूले ८ बुँदे मागसहित शान्तिपूर्ण आन्दोलनको कार्यक्रम तय गरेका छन्।
स्वास्थ्यकर्मीहरूका अनुसार, उनीहरू लामो समयदेखि न्यून तलब, असमान व्यवहार र असुरक्षित कार्य वातावरणमा काम गर्न बाध्य छन्। उनीहरूले सरकारले तोकेको तलब स्केल कार्यान्वयन, सरकारी स्वास्थ्य संस्थाका करारकर्मी हटाएर लोक सेवा आयोगमार्फत नयाँ कर्मचारी भर्ना, स्वास्थ्यकर्मीको बीमा र सुरक्षाको सुनिश्चितता, साथै हप्तामा ४२ घण्टा मात्र काम गर्ने सीमा तय गर्नुपर्ने माग राखेका छन्।
स्वास्थ्यकर्मी नवेश अधिकारीले भने कि मन्त्रालयले पटक–पटक सूचना जारी गरिसक्दा पनि निजी अस्पतालहरूले त्यसको पालन नगर्दा उनीहरूको मनोबल घटेको छ र बाध्य भएर आन्दोलनमा उत्रिनु परेको हो।
आन्दोलनका क्रममा बिरामी सेवामा समस्या आएमा त्यसको जिम्मेवारी अस्पताल सञ्चालक र सम्बन्धित मन्त्रालयले लिनुपर्ने स्वास्थ्यकर्मीहरूको चेतावनी रहेको छ।
घरमै बसी-बसी तौल घटाउन खोज्दै हुनुहुन्छ? यी ५ टिप्स अपनाउनुहोस्!
बुधबार, कात्तिक ११, २०८३
बागमती प्रदेशको स्वास्थ्य सचिव डा. गौतमको सरुवा
बुधबार, कात्तिक ११, २०८३
वीर अस्पतालसहित ४ स्वास्थ्य संस्थालाई शल्यक्रिया सिकाउने उपकरण सहयोग
बुधबार, कात्तिक ११, २०८३
स्वास्थ्य क्षेत्रलाई उच्च सतर्कतामा रहन निर्देशन
बुधबार, कात्तिक ११, २०८३
